आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

चन्द्रागिरिमा भीषण आगलागी, नियन्त्रणका लागि ७ दमकल परिचालन

शुक्रबार, २३ फागुन २०८१, ०७ : ३०
शुक्रबार, २३ फागुन २०८१

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा भीषण आगलागी भएको छ । गएराति १ः२० बजेबाट सुरु भएको आगालागी अझै नियन्त्रणमा आएको छैन । 

चन्द्रागिरि नगरपालिका वार्ड नम्बर १० बोसीगाँउ स्थित हिराकाजी महर्जनको जग्गा भाडामा लिई  रमेश पोदारले  सञ्चालन गरेको आरएमबि प्लास्टिक प्याकेजिङ हाउसमा अचानक आगलागी भएको हो । 

७ वटा दमकल र  विभिन्न स्थानबाट आएको १५ वटा पानि ट्याङकरको प्रयोगमार्फत आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरले जानकारी दिएको छ । हालसम्म ९० प्रतिशत आगो नियन्त्रणमा आएको बाँकी निभाउने कार्य जारी रहेको बताइएको छ । 

चन्द्रागिरि नगरपालिकाको दमकल, विशाल बजार वारुण यन्त्र दमकल, बालाजुको वारुण यन्त्र दमकल, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल। बौद्ध रामहिटिको दमकल  र बुढानीलकण्ठ नगरपालिकाको दमकल आगो नियन्त्रणमा प्रयोग भइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप