आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

एमाले मोरङमा संस्थापन इतर पक्षको अग्रता  कायमै

शुक्रबार, २३ फागुन २०८१, ०८ : ००
शुक्रबार, २३ फागुन २०८१

विराटनगर । नेकपा एमाले मोरङको १०औँ जिल्ला अधिवेशनमा पदाधिकारीतर्फको मतगणनामा संस्थापन इतर समूहको अग्रता कायमै राखेका छन् ।

मतपरिणाम अनुसार ४३९ मत गणना सम्पन्न हुँदा एमाले नेता विनोद ढकाल समूहबाट अध्यक्षका उम्मेदवार बनेका अजम्बर राईले २२५ मत प्राप्त गरेका छन् । संस्थापनका उम्मेदवार राजकुमार ओझा २३ मतले पछाडि छन् । 

उपाध्यक्षमा इतर समूहकै सागर थापाले २२८ मत पाउँदा उपाध्यक्षकी अर्की उम्मेदवार शान्ति लिम्बूले १८२ मत पाएकी छन् । 

सचिवमा इतर पक्षकै सोमराज थापाले २३० मत प्राप्त गर्दा संस्थापन पक्षका रविन थापाले १८० मत ल्याएका छन् । उपसचिवका उम्मेदवार सन्तोष वान्तवाले २३९ प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी संस्थापन पक्षका इर्जालाल राजवंशीले १६३ मत पाएका छन् । संस्थापनकै उपसचिवकी उम्मेदवार शिल्पा निराला कार्कीले २०४ मत प्राप्त गर्दा इतर समूहकी उषा झाले २०७ मत प्राप्त गरेकी छिन् । एमाले अधिवेशनमा ८८८ जनाले मतदान गरेका छन् । अन्तिम मत परिणाम आउन शुक्रबार साँझसम्म कुर्नुपर्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप