कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

वि.सं. २०८१ साल फाल्गुन २३ गते । शुक्रबार । ईश्वी सन् २०२५ मार्च ७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । तिथि–अष्टमी, १७ घडी ५८ पला, दिउसो १ बजेर ३६ मिनेट उप्रान्त नवमी ।
नक्षत्र–मृगशिरा, ५२ घडी २८ पला, रातको ३ बजेर २४ मिनेट उप्रान्त आद्र्रा । योग–प्रिती,३९ घडी २० पला, बेलुकी १० बजेर ९ मिनेट उप्रान्त आयुष्मान । करण–बव, दिउसो १ बजेर ३६ मिनेट उप्रान्त बालव, रातको १२ बजेर ४५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–वृष, दिउसो ३ बजेर ५२ मिनेट उप्रान्त मिथुन । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ७ मिनेट । दिनमान २९ घडी १६ पला ।
आजको बार बेला ।
बिहान ०६ बजेर २४ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर २५ मिनेटदेखि बिहान ७ बजेर ५२ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर ५३ मिनेटदेखि बिहान ९ बजेर २० मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर २१ मिनेटदेखि बिहान १० बजेर ४८ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ४९ मिनेटदेखि बिहान १२ बजेर १६ मिनेटसम्म शुभ बेला ।
मध्यान्ह १२ बजेर १७ मिनेटदेखि दिउसो १ बजेर ४४ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर ४५ मिनेटदेखि दिउसो ३ बजेर ११ मिनेटसम्म उद्वेग बेला ।
दिउसो ४ बजेर १२ मिनेटदेखि बेलुकी ४ बजेर ३९ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर ४० मिनेटदेखि बेलुकी ७ बजेर ३९ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर ४७ मिनेटदेखि दिउसो १२ बजेर १५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ४८ मिनेटदेखि बिहान ५ बजेर ३६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बन्नेछ । समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागी हुने ग्रहयोग रहेको छ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । साँझपख शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । साँझपख होटेल तथा रेष्टुराको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) हुन तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला । लामो दुरीको यात्राको तय गर्न सकिने भएपनि यात्राका क्रममा ध्यान दिनुहोला । रुपैयाँ पैसा फस्ने योग रहेको छ ख्याल गर्नुहोला । साँझपख समय राम्रो रहेकोले व्यापार, अध्ययन तथा यात्राका राम्रो हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने बिदा तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ । साँझपख शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सरकारी तथा पैत्रिक धन तथा सम्पत्ति प्रयोग मार्फत रोजगारी सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा वृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेको छ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धि मूलक कामहरू बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । शत्रु परास्त हुनेछने भने बिदा तथा प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रसन्न रहनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा बिद्यार्थीहरुले राम्रो प्रगति गर्ने समय रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा रुची बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँका सहभागिता उच्च स्तरको रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडीहरूले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदि बहिनीहरूसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरू तपाईँदेखी टाडिन सक्छन् । साँझपख धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईंको नाम रहेनछ । माया प्रेममा सामीप्य बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो समयदेखि थाती रहेको काम बन्नेछ । विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले समयका कामहरू बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनते गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । साँझपखको अध्ययनबाट सकारात्मक सोचको विकाश हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) उद्योग तथा उत्पादनमूलक व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरीको उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानी हुनेछ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । पुराना विवादित विषयहरू हल भएर जानेछन् । साँझपख आफन्तसँग मनमुटाब बढ्ने योग रहेको छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती गोविन्देको आक्रमणबाट एक जनाको मृत्यु
-
सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने प्रधानमन्त्री ओली धनगढी आउँदै
-
नेपाली कांग्रेसको ‘मिसन रोजगारी’ अभियान आजबाट
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
म्याग्दीको बाङखोलामा पुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज