आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

घरको पेटीमा बसिरहेका दिदिबहिनीको बोलेरोले लियो ज्यान, १८ वर्षीय चालक पक्राउ

शुक्रबार, २३ फागुन २०८१, ०५ : ३७
शुक्रबार, २३ फागुन २०८१

उदयरपुर । त्रियुगा नगरपालिका–१२ डिएमगेटमा बोलेरो गाडीको ठक्करले  दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ। 

त्रियुगा गाईघाट डिएमगेटबाट बसपार्क जाने भित्री सडकमा गाईघाटस्थित हिमशिखर फर्निचरको प्र.नं. १०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडीले बाटो काट्ने क्रममा अनियन्त्रित भएर घरको पेटीमा बसिरहेका दुई  दिदीबहिनीलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।    

उदयपुर प्रहरीका अनुसार सप्तरी जिल्ला राजविराज घर भएर त्रिनपा १२ स्थित राजेन्द्र मैनालीको घरमा डेरा गरी बस्दै आएका ललन दासका १२ र १४ वर्षीया छोरी देवीकुमारी र  अनुकुमारी दासलाई बोलेरोले ठक्कर दिएको हो । सवारी चालक त्रियुगा नगरपालिका–९ गैरुन बस्ने १८ वर्षीय  निर्जल कटुवाललाई गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप