यूनाईटेड बेभरेजका पल्पी जुस नेपाली बजारमा
चितवन । बिगत ५ बर्षदेखि आफ्ना पल्पी ब्राण्डका जुसहरु नेपाली बजारमा पुर्याउँदै आएको यूनाईटेड बेभरेज प्रा. लि.ले ह्याप्पी आवर ब्राण्ड मार्फत नयाँ जुसहरु बजारमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले एक कार्यक्रकाबीच नयाँ जुस सार्वजनिक गर्नुभएको हो ।
उत्पादनको शुरुमा म्याङगो र पिङ्क ग्वाभा गरी दुई फ्लेवरमा आएको र उपभोक्ताको मागलाई ध्यानमा राखी थप नयाँ फ्लेबरमा उत्पादन शुरु गरीएको कम्पनीले जनाएको छ । नयाँ ह्याप्पी आवर ब्राण्ड मार्फत पनि बजारको मागलाई सम्बोधन गर्न लागिएको बेभरेजले जनाएको छ । यो जुस अन्तर्राष्ट्रिय गुणस्तरको भएकोले बिदेशमा निर्यात गर्न सकिने कम्पनीको दावी छ ।
पछिल्लो समय देशको कूल मागको ६० देखि ७० प्रतिशत जुस स्वदेशी उत्पादनले पूर्ति गर्न सफल भएको कम्पनीले बताएको छ । चितवनको रत्ननगर नगरपालिका –१० मा संचालित यो उद्योग नेपाली व्यबसायीको मात्र नभएर बिभिन्न मुलुकमा रहेका गैरआबासीय नेपालीहरुको समेत लगानीमा संचालित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोयेस दोस्रोपटक एभर्टनको म्यानेजर
-
खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज
-
नख्खुडोल पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण
-
यती, ओम्नी र गिरिबन्धु प्रकरण छानबिन गर्न संसदीय समिति गठन हुनुपर्छ : वर्षमान पुन
-
प्रभु साहले भने, ‘ओली सरकारकै मिलेमतोमा भ्रष्टाचार बढ्यो’
-
वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख : लिङ्देन