भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर

बुटवल । विद्युतीय चुरोट (भेप) को अवैध कारोबार गरी कर छलेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ । काठमाडौँको डाई मण्ड इन्टरनेसनलका प्रोप्राइटर सुमन पराजुलीसहित चार जनाविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरिएको हो ।
उनीहरु विरुद्ध मुद्दा दायर गरिएको उच्च अदालत तुलसीपुरका विवेक घिमिरेले रातोपाटीलाई बताएका छन् । कानुनी प्रक्रिया पूरा गरी भन्सार पास गरेर ल्याए पनि ४० प्रतिशत भन्सार, ४० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट गरी ९३ प्रतिशत कर लाग्ने र खरिद मूल्यको झन्डै दोब्बर मूल्य पर्ने भएकोले पनि कर छली गर्न तस्करहरू उद्धत देखिएको अनुसन्धानमा देखिएको छ ।
डाई मण्ड इन्टरनेसनलको बिल प्रयोग गरेको देखाई तशनिम जनरल स्टोर नेपालगन्जलाई बेचेको देखाएर सय वटाको बिल काटेर दुई हजार ६ सय भेप तस्करी गरेको अनुसन्धानमा भेटिएको छ । भेरी ढुवानी सेवाको साधन प्रयोग गरी नेपालगन्ज पठाउने र त्यहाँबाट महङ्गोमा बेच्न भारततर्फ तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको कार्यालय प्रमुख घिमिरेले बताए ।
भेप किन्ने र बेच्ने फर्मका तर्फबाट फर्मवालालाई मुख्य प्रतिवादी कायम गरिएको छ । डाई मण्ड इन्टरनेसनलका प्रोप्राइटर पराजुली र तशिनम जनरल स्टोरका हसिमुन जोलाहविरुद्ध जनही ६२ लाख ७१ हजार ६७६ रुपैयाँ बिगो दाबी गरिएको छ ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम बिगो जफत तथा बिगो बमोजिम बिगो बराबरको जनही जरिवाना र ऐनको व्यवस्था अनुसार हदैसम्मको कैद सजायको माग दाबी कार्यालयले गरेको छ । उनीहरूलाई फरार प्रतिवादी कायम गरेर मुद्दा दर्ता भएको छ ।
डाई मण्ड इन्टरनेशनलका तर्फबाट तस्करीमा सघाउने रोजन न्यौपाने र तशनिम जनरल स्टोरका तर्फबाट कारोबारी सनाउल्ला अन्सारीले उक्त मालवस्तुको ओसारपसारमा सहयोगी भएर फर्म तथा विलहरूको समेत दुरुपयोग गर्दै राजस्व चुहावटको कसूरको मतियारको भूमिका निर्वाह गरेको देखिएको छ ।
उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । उनीहरूबिच पटक–पटक दोहोरो तेहेरो सम्पर्क भएको तर आधिकारिक कारोबारको अभिलेख नभेटिएको प्रमुख घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा