पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड

काठमाडौँ । बुद्ध एयरको विमान एउटा पाङ्ग्रा बिनै काठमाडौँमा अवतरण गरेको छ । जनकपुरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको ९– एनएच जहाज बिहीबार ’नोज’ तर्फको एउटा पाङ्ग्रामा मात्रै अवतरण गरेको हो ।
जनकपुर विमानस्थलबाट साँझ ४ बजेर ४५ बजे उडेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ बजेर ५ मा अवतरण गरेको थियो। तर जहाज काठमाडौँमा सुरक्षित अवतरण गरेको थियो ।
अवतरणपछि पाइलटले सुरक्षा जाँच गर्ने क्रममा अगाडितर्फ (नोज ल्यान्डिङ गेयर) एउटा मात्र पाङ्ग्रा देखिएको नेपाल उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
उनका अनुसार सुरक्षा जाँच गर्ने क्रममा जहाजको अगाडितर्फ (नोज ल्यान्डिङ गेयर) को पाङ्ग्रा नभेटिएको बताए । उनले नभेटिएपछि खोजी गर्दा अर्को पाङ्ग्रा जनकपुर विमानस्थलको रन रनवे ट्रनिङ प्याडमा एउटा पाङ्ग्रा भेटिएको जानकारी दिए ।
सूचना अधिकारी भुलले रातोपाटीसँग कुरा गर्दै भने, ‘काठमाडौँमा अवतरण गरेपछि ‘पोस्ट फ्लाइट चेक’ गर्ने बेलामा पाइलटले नोज ल्यान्डिङ गेयरको एउटा टायर नभएको थाहा पाएका रहेछन्। यस विषयमा बुझ्दै जाँदा जनकपुर एयरपोर्टको रनवेको टर्निङ प्याडमा अर्को एउटा पाङ्ग्रा भेटियो ।’
प्राधिकरणले उक्त जहाजलाई ग्राउन्डेड गरेर सुरक्षा अनुसन्धान टिमले छानबिन सुरु गरेको बताए । उनका अनुसार ल्यान्डिङ गेयरको इन्डिकेशन ककपिटमा नहुने भएकाले ल्यान्ड भएपछि मात्रै थाहा भएको भन्दै यस्तो समस्या आएको हुनसक्ने बताए ।
उनले जनकपुरबाट सुरक्षित उडेको र काठमाडौँमा पनि सुरक्षित अवतरण भएको उल्लेख गरे । उनले भने,‘ जहाजलाई ग्राउन्डेड गरेका छौँ । अहिले यस विषयमा छानबिन सुरु गरेका छौँ। यात्रुहरू सुरक्षित हुनुहुन्छ ।’
बुद्ध एयरले चरम लापरबाही गरेको देखिएको र अहिले प्राधिकरणले अनुसन्धान गरिरहेको प्राधिकरण जनाएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौँ उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौँमा सुरक्षित अवतरण गरेको बताए ।
‘जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’