दिगम्बर झासहित ३ जना दोषी ठहर, १२ जनाले सफाइ पाए

काठमाडौँ । विशेष अदालतले दिगम्बर झासहित ३ जनालाई दोषी ठहर गरेको छ । बिहीबार न्यायाधीशत्रय टेक नारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झासहित ३ जनालाई दोषी ठहर गरेको हो ।
अदालतले दिगम्बर झा,पुरुषोत्तम खनालसहित ३ जनालाई जनही ५ करोड ८० लाख बिगो जरिवानासहित १ वर्ष कैद तोकेको छ । झालाई संस्थाको अध्यक्ष भएकाले थप एक महिना कैद सजाय हुने समेत जनाइएको छ । दोषी ठहर हुनेमा झासहित महोम्मद नुर अमिन र बिन महोम्मद नुर खान रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैतमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित २० जनाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो ।
प्राधिकरणका पूर्वअध्यक्षद्वय झा र पुरुषोत्तम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलगायत आयोगले प्रतिवादी बनाएको थियो । उनीहरुविरुद्ध अदालतमा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो ।
प्राधिकरणले भन्सार छलेर ल्याइएका मोबाइल निष्क्रिय बनाउने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) स्थापना गर्न लागत अनुमान भन्दा दोब्बर बढीमा ठेक्का सम्झौता गरेर २ अर्ब २५ करोड रुपैयाँले बढी भ्रष्टाचार गरेको दाबी अख्तियारको रहेको छ ।
सो मुद्दामा १२ जनाले सफाइ पाएका छन् । सफाइ पाउनेमा आनन्दराज खनाल, दीपेश आचार्य, सुरेन्द्रलाल हाडा, मिनप्रसाद अर्याल, अच्युतानन्द मिश्र, रेवतीराम पन्त, सन्दीप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सूर्यप्रसाद लामिछाने, प्रतिक्षा पौडेल, विजयकुमार राय यादव र निराजन कोइराला रहेका छन् ।
अदालतले कविन्द्रराज मल्लसहित ५ जना प्रतिवादीहरुको हकमा आरोप दाबी पुग्न नसक्ने व्याख्या गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’