बिहेकै कारण भएको हो त तमन्ना विजयको ब्रेक–अप ?

नयाँ दिल्ली । पछिल्लो समय सामाजिक सञ्जालमा तमन्ना भाटियाले आफ्नो कथित प्रेमीसँग ब्रेकअप गरेको खबर आइरहेको छ । बलिउडको यो जोडीले किन यति राम्रो सम्बन्ध अन्त्य गरे भन्नेबारे जान्न फ्यानहरू उत्सुक थिए । यसैबिच यसको कारण बाहिर आएको छ ।
सियासत डेलीको रिपोर्ट अनुसार, तमन्ना विवाह गरेर घर बसाउन चाहन्थिन् । तर, विजय अहिले नै बिहे गर्न तयार थिएनन् । विजयले घरबार बसाउन दबाब महसुस गरिरहेको थिए । अर्कोतर्फ, तमन्ना विवाहको मिति कुर्दा कुर्दा दिक्क भइसकेको थिए । यही विषय उनीहरूबिचको झगडाको कारण बन्यो । अनि अन्ततः दुवैले सम्बन्ध अन्त्य गर्ने निर्णय गरे ।
तमन्ना र विजयको ब्रेकअप भएको हो ?
पिंकभिल्लाको रिपोर्ट अनुसार, दुई स्टारहरू अब अलग भइसकेका हुन सक्छन् । तर उनीहरूले एक अर्कालाई सम्मान गर्छन् र साथीका रूपमा भने रहिरहन चाहन्छन् । तमन्ना र विजयको केही हप्ता अघि ब्रेकअप भएको खबर छ, ।
उनीहरूबिच रोमान्टिक सम्बन्ध टुङ्गिएको तर एक अर्काको असल साथीका रूपमा भने रहने पिंकभिलाले निकट स्रोतलाई उद्धत गर्दै भनेको थियो । यतिबेला दुवै जना आ–आफ्नो काममा व्यस्त छन् । ब्रेक अपको खबर भाइरल भइरहँदा तमन्ना वा विजयको पक्षबाट अहिलेसम्म यसबारे कुनै बयान आएको छैन ।
मिडिया रिपोर्टका अनुसार तमन्ना भाटिया र विजय वर्माले २०२२ मा एक अर्कालाई डेट गर्न थालेका थिए । उनीहरू जुन २०२३ मा रिलिज भएको नेटफ्लिक्स फिल्म ‘लस्ट स्टोरीज २’मा सँगै देखिएका थिए । विजयले एउटा युट्युब च्यानलसँग कुराकानीमा तमन्नासँगको आफ्नो सम्बन्ध स्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प