शुक्रबार, २३ फागुन २०८१
ताजा लोकप्रिय

हवाई आक्रमणको डरमा छन् ट्रम्प, बनाउँदैछन् आइरन डोमको ढाँचामा गोल्डेन डोम

बिहीबार, २२ फागुन २०८१, २१ : २७
बिहीबार, २२ फागुन २०८१

वासिङटन डीसी ।  इजरायलको युद्धले सम्पूर्ण विश्वलाई हवाई रक्षाको आवश्यकता बुझाएको छ । हमास–हिजबुल्लाह र इरानको हमलाबाट इजरायललाई उसको आइरन डोम एयर डिफेन्ट प्रणालीले बचाएको थियो । हवाई आक्रमणको खतराले अब अमेरिकालाई पनि सताउन थालेको छ ।

अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले गोल्डेन डोम शिल्ड बनाउने घोषणा गरे । इजरायलको वायु रक्षा प्रणाली आइरन डोम जस्तै अमेरिकासँग पनि वायु रक्षा गोल्डेन डोम हुनुपर्ने ट्रम्पको भनाइ थियो ।

आफ्नो भाषणमा ट्रम्पले पूर्वराष्ट्रपति रोनाल्ड रेगनलाई उद्धृत गर्दै आफूले पनि यस्तै डोम चाहेको बताए । त्यतिबेला त्यस्तो प्रविधि थिएन । तर अब अमेरिकी मुख्य भूमिलाई शत्रुको हवाई आक्रमणबाट जोगाउन यस्तो खालको प्रविधि बनाउन सकिन्छ । 

के हो गोल्डेन डोम कार्यक्रम ?

यो अर्को पुस्ताको वायु रक्षा प्रणाली कार्यक्रम हुनेछ । यसमा लामो दूरीको राडारले अमेरिकातर्फ आउँदै गरेको प्रक्षेपण पहिचान गर्नेछ, यसको प्रहारलाई ट्र्याक गर्नेछ र त्यसपछि इन्टरसेप्टर मिसाइल मार्फत बीच हावामै ती प्रहार रोक्नेछ । अर्को वर्षको अन्त्यसम्ममा अमेरिकाका लागि गोल्डेन डोम बनाएर दिनु एउटा चुनौतीपूर्ण काम भएको अमेरिकी रक्षा सामाग्री बनाउने कम्पनी लकहिड मार्टिनको विश्वास छ ।

यसका लागि सबै व्यावसायिक उद्योगहरूले राष्ट्रिय टोलीको रूपमा एकसाथ आउनुपर्ने बताइएको छ । लकहिड यो राष्ट्रिय टोलीको नेतृत्व गर्न तयार छ । अमेरिकी कम्पनीहरूको सहयोगमा यसलाई पूरा गर्ने प्रयास गरिनेछ । हाइपरसोनिक मिसाइल र अन्तरिक्षमा आधारित इन्टरसेप्टरहरू विकास गर्नुपर्नेछ । 

आइरन डोमले कसरी काम गर्छ ? 

हमासले आइरन डोमले छेक्न सक्ने भन्दा बढी रकेटहरू प्रहार गर्यो । धेरैजसोलाई आइरन डोमले खसालिदियो ।  हमासले ग्लाइडर मार्फत आक्रमणको लागि त्यही समय रोज्यो जब आइरन डोम राडारहरूले मिसाइलहरू ट्र्याक गरिरहेका थिए ।

आइरन डोमलाई हाई स्पिडका रकेट र क्षेप्यास्त्रहरूलाई रोक्न तैनाथ गरिएको थियो । यसमा आक्रमणको समयमा रकेटको गति ट्र्याक गर्ने प्रणाली छ ।

यसले भीडभाड भएको क्षेत्रमा खस्न लागेको कुनै पनि रकेटलाई मात्रै इंगेज गर्छ । उच्च गतिको मिसाइल र अलिक तल सुस्त गतिमा उडिरहेको वस्तुमध्ये एउटालाई छान्नु पर्ने भने यसले पहिले मिसाइल अर्थात् उच्च गतिको मिसाइललाई रोज्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप