विराट गोल्डकप : एपीएफलाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा

विराटनगर । विभागीय टिम नेपाल पुलिस क्लब विराटनगरमा जारी ९ औँ संस्करणको रमपम विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद रंगशालामा बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा पूर्व विजेता टिम सशस्त्र प्रहरी बल (एपीएफ) लाई २–० गोलले पराजित गर्दै नेपाल पुलिस सेमिफाइनलमा पुगेको हो ।
जितको लागि पुलिसको तर्फबाट अरुण गाहा र मनिष सेढाइँले समान १–१ गोल गरे । बायाँ बार च्यापेर पुलिसका उज्ज्वल राईले ६६ औँ मिनेटमा निकालिदिएको क्रस पासलाई अरुणले हेडिङमार्फत आकर्षक गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए । पहिलो गोल गरेर अग्रता लिएको २१ मिनेट बित्न नपाउँदै पुलिसका मनिष सेढाइँले व्यक्तिगत ८७ औ मिनेटमा गोल गरि टिमको जित सुनिश्चित गरे ।
निक्कै रोमाञ्चक खेलको पहिलो हाफसम्म दुवै टिमले गोल गर्ने थुप्रै अवसर खेर फाले । दुवै टिम आक्रामक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबरी खेले ।
दोस्रो हाफपछि पुलिसले आक्रामक खेल पस्कियो । एपीएफको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै नेपाल पुलिसले सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।
एपीएफका बुद्धिमान राईले खेलको १५ औँ मिनेटमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । दिपेश धिमालले निकालेको पासलाई बुद्धिमानले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरियो । खेलको २० औँ मिनेटमा एपीएफका कप्तान हरि कार्कीको डिबक्स नजिक देखिको प्रहार बाहिरिँदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो । खेलको ३८ औँ मिनेटमा एपीएफका एलिक श्रेष्ठले ३० यार्डदेखि गरेको प्रहार पुलिसका गोलरक्षक अमित तामाङ पञ्च गरी उत्कृष्ट बचाउ गरिदिए ।
दोस्रो हाफपछि एपीएफले २–० गोलले पछि परेपछि आक्रामक देखियो । तर, एपीएफका खेलाडीले बारम्बार गोल गर्ने अवसर चुकाउँदा विराट गोल्डकपको उपाधि जित्ने सपना चकनाचुर भयो । खेलको अन्त्यतिर बारम्बार पोस्ट आक्रमणको रणनीति बुनेको एपीएफका खेलाडीले गोल गर्नका लागि पाएका केही अवसरको सदुपयोग गर्न सकेन । खेलेको ७० औँ मिनेटमा एन्जल श्रेष्ठले गरेको प्रहार बाहिरिँदा सान्त्वना गोल फर्काउनबाट चुक्यो । ७५ औँ मिनेटमा विश्वास उदासले वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पोसमाथिबाट बाहिरियो । केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्नु एपीएफका लागि दुर्भाग्यपूर्ण बन्यो ।
प्रतियोगिताको प्लेर अफ द म्याच पुलिसका मनिष सेढाई घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।
एपीएफले दिल्लीको सुदेवा फुटबल क्लबलाई ५–३ गोलले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो । एपीएफ विराट गोल्डकपको साबिक विजेता टिम पनि हो । छैटौँ संस्करणको विराट गोल्डकपको उपाधि एपीएफले जितेको थियो । त्यसबेला फाइनलमा पाहुना टोली भारतको पन्जाब पुलिसलाई १– ० ले हराउँदै एपीएफले उपाधि जितेको थियो । पुलिसल तेस्रो संस्करणका विजेता टिम हो । त्यसबेला झापा ११ लाई १–० गोलले फाइनलमा पराजित गरेर उपाधि जितेको थियो ।
शुक्रबार तेस्रो क्वाटरफाइनल खेल थ्रि स्टार र मच्छिन्द्र फुटबल क्लब बिच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प