प्रधानाध्यापकद्वारा छात्रालाई अश्लील म्यासेज, गाउँपालिकाले स्पष्टीकरण सोधेपछि राजीनामा
बिहीबार, २२ फागुन २०८१, १९ : ५४

सुर्खेत । सल्यानको कपुरकोट गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक चूडामणि केसीले छात्रामाथि अश्लील म्यासेज गरेको आरोप लागेपछि राजीनामा दिएका छन् ।
गाउँपालिकाले निलम्बनसहितको स्पष्टीकरण सोधेपछि केसीले गल्ती भएको स्वीकार गर्दै राजीनामा दिएको गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।
उनका अनुसार केसीले सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत १५ वर्षीय छात्रालाई अश्लील म्यासेज गर्ने गरेका थिए ।
उक्त विषयमा गाउँपालिकामा उजुरी परेको थियो । शिक्षक केसी ५४ वर्षका भए ।
‘उजुरी पश्चात् हामीले उहाँलाई स्पष्टीकरण सोधेका थियौँ तर, उहाँ राजीनामासहितको पत्र ल्याएर आउनुभयो,’ भण्डारीले रातोपाटीसँग भने, ‘एक शिक्षकजस्तो व्यक्तिले त्यस्तो दोहोरो अर्थ लाग्ने काम गर्नु हुन्थेन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तामा कम्युनिस्टको हालीमुहाली : १० वटा सरकारको नेतृत्व, ८ वटामा मुख्य साझेदार
-
ईडीले किन बोलायो दक्षिण भारतीय स्टार महेश बाबुलाई ?
-
माओवादी लुकिङ लण्डन, टकिङ टोकियो : घनश्याम भुसाल
-
९ महिनामा नेपालीले ५८ करोड रुपैयाँको कुर्कुरे खाए
-
आफ्नो विवादास्पद टिप्पणीमा अनुराग कश्यपले मागे माफी
-
भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी