बालयौन दुरुपयोगको कसुरमा एक जना शिक्षक पक्राउ
बिहीबार, २२ फागुन २०८१, १९ : ०५

जनकपुर । आफ्नै विद्यालयका विद्यार्थीलाई बालयौन दुरुपयोग गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । सप्तकोशी नगरपालिकास्थित गोवर्धन वैरागी जनता माध्यमिक विद्यालयका एक शिक्षकलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको हो ।
पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका वडा नम्बर–१२ घर भई हाल सप्तकोशी नगरपालिका वडा नम्बर–२ बस्ने रमेश कुमार राउत रहेका छन् । आफ्नै विद्यालयका १६ वर्षीया किशोरीलाई यौन दुरुपयोग गरेको उजुरी परेपछि राउतलाई पक्राउ गरिएको सप्तरी प्रहरी प्रमुख डकेन्द्र खतिवडाले बताए ।
राउत गोवर्धन विद्यालयका कम्प्युटरतर्फका करार शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका राउतलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउँदै
-
सपना : आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीको वार्ता
-
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
-
गभर्नर नियुक्ति विवादको रिट आज पनि इजलासको पुछारमा
-
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयले हाल्यो मुद्दा
-
च्याट लिक कान्डः ट्रम्पले गरे आफ्नो रक्षामन्त्री हेगसेथको बचाउ