लुम्बिनीमा ४ हजार दीप प्रज्वलन गरिँदै

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा यही शनिवार राती चार हजार दीप प्रज्वलन गरिने भएको छ । ५ सय जनाको कुलपुत्र प्रवज्या, चौथौँ त्रिपिटक वाचन चलिरहेको बेला शनिवार राती लुम्बिनी स्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन गरिने भएको हो ।
धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रव्रजित भएका ५ सय जना कुलपुत्रहरुको सहभागितामा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखेको हो ।
धम्मकायका अध्यक्ष भिन्ते फ्रा थाभोर्न थाभ्राले बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने बताए । उनले गत वर्ष पनि दीप प्रज्वलन गरिएको बताउँदै आगामी वर्ष यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना रहेको सुनाए ।
उनले दीप प्रज्वलनमा भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिका सहित विभिन्न देशबाट आएका पाहुनाहरूको सहभागिता रहने बताए । दीप प्रज्वलनमा सरकारका अधिकारीहरूको समेत उपस्थिति रहनेछ । बौद्धमार्गीहरुमा दीप प्रज्वलनको निकै महत्त्व रहेकाले दीप प्रज्वलनले सकारात्मक सन्देश जाने लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताए । उनले बुद्ध शिक्षालाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए ।
धम्कामयले दीप प्रज्वलनसँगै धम्मयात्राका लागि समेत विशेष तयारी गरेको छ । अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घ, लुम्बिनी विकास कोषको आयोजना तथा बौद्ध समाज नेपाल सह–आयोजनामा आगामी चैत २ गते शनिवार भैरहवामा बुद्धको अस्त धातु सहितको धम्मयात्रा गर्ने हुने भएको हो । धम्मयात्रामा लुम्बिनीमा भइरहेको ५ सय जना प्रव्रजित अल्पकालीन भिक्षुहरू, भन्तेहरू सहभागी हुनेछन् । भैरहवाको रङ्गशालादेखि बुद्धचौको लुम्बिनीगेटसम्म धम्मयात्रा हुनेछ ।
यस्तै सोही दिन बिहान देवदह, बुटवल, रामग्राममा पनि धम्मयात्रा हुनेछ । चैत ३ गते प्रमाणपत्र वितरण, चैत ४ र ५ गते विभिन्न नगरमा भिक्षाटन गराइने आयोजकले जनाएका छन् ।
लुम्बिनीमा अहिले ५ सय जनाको प्रवज्या र चौथौँ अन्तर्राष्ट्रिय त्रिपिटक वाचन भइरहेको छ । मायादेवी मन्दिर परिसरमा २० गते ५ सय जनालाई चिवर प्रदान गरी प्रव्रजित गराइएको हो भने बुधवार मात्रै त्रिपिटक पाठ समारोहको शुभारम्भ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक