बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

सात जना नारीलाई सम्मान गर्दै सकियो ‘महिला चलचित्र महोत्सव’

बिहीबार, २२ फागुन २०८१, १८ : १५
बिहीबार, २२ फागुन २०८१

काठमाडौँ । ‘चलचित्रमा नारी’ नारासहित आयोजित तीन दिने ‘महिला चलचित्र महोत्सव’ बिहीबार सकिएको छ । वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोइरालाको उपस्थिति ६ नारीलाई सम्मान गर्दै महोत्सव सकिएको हो ।

गत मङ्गलबारबाट सरस्वतीनगर, चाबहिलस्थित चलचित्र विकास बोर्डमा सुरु भएको महोत्सव ११५ औँ महिला दिवसको अवसर पारेर चलचित्र विकास बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले आयोजना गरेको थियो । 

महोत्सवको उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले गरेकी थिइन् । त्यसपछि ४२ वर्ष पुरानो फिल्म प्रदर्शन गरिएको थियो । फिल्म ‘सिन्दूर’ प्रदर्शनसँगै सुरु भएको महोत्सव आज अन्तिम दिन महिला प्रधान नाटक ‘दृश्य परिदृश्य’ मञ्चनसँगै सकिएको हो ।

कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, रश्मि भट्ट, शोभा श्रेष्ठ (श्रृंगारक), गीता अधिकारी (चलचित्र पत्रकार), सरिता साह (कलाकार तथा निर्देशक), पशुपति राई (अभिनेत्री) र  थिन्ले ल्हामो (अभिनेत्री) सम्मानित भएका थिए ।

कार्यक्रममा बसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी, शम्भुजीत बास्कोटा, दीपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, राजभाई सुवाल, मोहन निरौला, निर्मल शर्मा, जनकदीप पराजुली, रविन्द्र खड्का, सुचित्रा श्रेष्ठ, रक्षा सिंह राणा, प्रदीप खड्का, केकी अधिकारी, यम बराल, सविन श्रेष्ठ, अनु शाह, विद्या कार्की लगायतको उपस्थिति थियो ।

कार्यक्रममा ललितकला कलेजका विद्यार्थीले ‘सिन्दूर’ चलचित्रका महिला चलचित्रकर्मीको बनाएको स्केच सम्बन्धित कलाकारलाई हस्तान्तरण गरिएको थियो । महोत्सवको दोस्रो दिन महिलाद्वारा निर्मित तथा महिलामाथि बनेका चलचित्र प्रदर्शन र ‘चलचित्रमा नारी’ विषयक संवादमा अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्काले आफ्नो धारणा राखेका थिए ।

महोत्सवले महिला चलचित्रकर्मीलाई अगाडि बढ्न प्रेरणा र हौसला मिल्ने चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताए । चलचित्रकर्मी सशक्तिकरण समितिको अध्यक्षमा अभिनेत्री केकी अधिकारी रहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप