सहसचिवलाई उपसचिवको अन्डरमा राखेर काम गराउन पाइँदैन : डा.मिश्र

काठमाडौँ । सहसचिव डा.सङ्गीता कौशल मिश्रले आफूभन्दा जुनियर मातहत रहेर काम नगर्ने बताएकी छिन् । स्वास्थ्य सचिव बढुवामा नपरेपछि डा. मिश्रले आफूभन्दा जुनियरसँग काम गर्न नसक्ने बताएकी हुन् ।
रातोपाटीसँग डा.मिश्रले भनिन्– ‘जुनियरसँग कसरी काम गर्नुहुन्छ, सहसचिवलाई उपसचिवको अन्डरमा राखेर काम गराउन सक्नुहुन्छ । यो अन्याय किन झेल्नु ?’
डा.मिश्रले आफूलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अन्याय गरेको गुनासो समेत गरिन् । पौडेल मन्त्री नियुक्ति भएपछि आफूलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक पदबाट हटाइएको आरोप समेत उनले लगाइन् ।
‘प्रदीप पौडेल मन्त्रीमा आउने बित्तिकै महानिर्देशकबाट हटाउनुभयो, विकासजीलाई लैजानुभयो । विकास देवकोटाले दुई शाखा हेर्नुभयो, त्योमध्ये एउटा काटी दिनुभयो ।’
उनले भनिन्, ‘म प्रमाण भनिरहेको छु । मन्त्रीले करिब १५ वटा समिति बनाउनुभएको होला, कुनै पनि समितिमा राख्नुभएन ।’ बुधवार मन्त्रिपरिषद्को बैठकले अतिरिक्त स्वास्थ्य सचिव डा.विकास देवकोटालाई सचिवमा नियुक्ति गरेको थियो ।
लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि स्वास्थ्य मन्त्रालयमा १२ औँ तहमा रहेको पहिलो नम्बरमा डा.सङ्गीता मिश्र, विकास देवकोटा र डा.टङ्क बाराकोटीको नाम सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनगाभा सैनामैना गोल्ड कप : महावीर काठमाडौँ सेमिफाइनल प्रवेश
-
सुदूरपश्चिममा पहिलो पटक बजेटबारे सांसदहरूसँग छलफल
-
विद्युत् प्राधिकरणको नाफा ‘फेक’ हो ?
-
पाङ्ग्रा बिना आएको बुद्ध एयरको विमान काठमाडौँमा सकुशल अवतरण
-
विराट गोल्डकप : एपीएफलाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा
-
बार निर्वाचन : कुन पदमा कसले दिए उम्मेदवारी ? (नामावलीसहित)