१८ दिनसम्म सर्किट लागेपछि यो कम्पनीका लगानीकर्ताले कमाए झन्डै १६ हजार

काठमाडौँ । गार्डियन लाइफ इन्स्योरेन्सको सेयरमा १८ दिनसम्म निरन्तर सर्किट लागेको छ । दोस्रो बजारमा सूचीकृत भई माघ २८ गते कारोबार सुरु भएको सेयर सुरुको दिनमा ३०१ रुपैयाँमा कारोबार भएको थियो । त्यसयता बजार खुलेको प्रत्येक दिन उक्त सेयर १० प्रतिशत बढ्दै आएको हो ।
नेप्सेको कारोबार प्रणाली अनुसार अहिले एक दिनमा १० प्रतिशत भन्दा सेयर मूल्य घटबढ हुँदैन । एक दिन १० प्रतिशत बढेपछि फेरि घटबढ हुनका लागि अर्को दिन कुर्नुपर्छ । १८ वटा कारोबार दिनसम्म निरन्तर १० प्रतिशतले बढेर उक्त कम्पनीको सेयर मूल्य बिहीबार प्रतिकित्ता १६७२.२० रुपैयाँ कायम भएको हो । यस आधारमा १० कित्ता सेयर लगानी गरेकाले १५ हजार ७२२ रुपैयाँ कमाएका छन् ।
बिहीबार कम्पनीको कारोबार बढेर बजारकै सबैभन्दा धेरै पटक कारोबार हुने कम्पनी बनेको छ । उक्त कम्पनीको आज १ लाख ४३ हजार कित्ता सेयर कारोबार भएको हुँदा २४ करोड बढीको किनबेच भएको देखिन्छ । जबकि कम्पनीले जारी गरेको सेयर सङ्ख्या नै २२ लाख ५० हजार कित्ता हो ।
नेप्सेमा अहिले जीवन बीमा समूहतर्फ १३ वटा कम्पनी सूचीकृत छन् । त्यसमध्ये सबैभन्दा धेरै सेयर मूल्य भएको कम्पनी गार्डियन लाइफ नै बनेको छ । निर्जीवन बीमातर्फ पनि राष्ट्रिय बीमा कम्पनी बाहेक अरू सबै कम्पनीभन्दा यो कम्पनीको मूल्य धेरै देखिन्छ ।
आजको कारोबार समेत गरी कम्पनीको कारोबार कुल ३ लाख ४१ हजार कित्ता भइसकेको छ । यो बजार जारी सेयरको १५ प्रतिशत भन्दा धेरै हो ।
आजको बजारमा कम्पनीको कारोबार सङ्ख्या मात्रै धेरै भएको छैन । म्युचुअल फण्डहरुले पनि बजारमा सेयर बिक्री गरेको देखिन्छ । आज बजारमा ३१९८० हजार कित्ता, २३४११ कित्ता, ७९१० कित्ता, १४९५ कित्ताको एउटै भएको विवरण देखिन्छ । त्यस्तै, १० कित्ता भन्दा धेरै ५५ वटा कारोबार भएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानाध्यापकद्वारा छात्रालाई अश्लील म्यासेज, गाउँपालिकाले स्पष्टीकरण सोधेपछि राजीनामा
-
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव
-
रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक
-
कर्णालीको स्थानीय सेवा ऐन संशोधन प्रक्रिया अघि बढ्यो
-
पारा एथलेटिक्स टोली भारत जाँदै
-
लोकतन्त्रको विकल्प हुन सक्दैन , राजतन्त्र फर्किँदैन- गृहमन्त्री