रुस–युक्रेनको डर देखाउँदै क्लस्टर बम प्रतिबन्धको सन्धिबाट पछि हट्यो लिथुआनिया

सन् २०२४ को जुलाईमा मा क्लस्टर बमको प्रयोगमा प्रतिबन्ध लगाउने सन्धिबाट बाहिरिएको लिथुआनियाले यो प्रक्रियाअन्तर्गत राष्ट्रसंघमा बहिर्गमन कागजात बुझाउने भएको छ । कागजात बुझाएको ६ महिनापछि लिथुआनिया यो सन्धिबाट बाहिरिने छ ।
यो प्रक्रिया बिहीबार सम्पन्न भएको हो । योसँगै लिथुआनिया क्लस्टर बममाथि प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय सन्धिबाट बाहिरिने युरोपेली संघको पहिलो देश पनि बनेको छ । यो निर्णय लागू भएपछि लिथुआनियाका रक्षामन्त्री अमेरिका भ्रमणमा जाँदैछन् ।
लिथुआनियाको पूर्वी र दक्षिणी सिमानाहरू, युरोपेली संघ र नाटोको सदस्य राष्ट्र बेलारुससँग जोडिएको छ । २८ लाखको सानो जनसङ्ख्या भएको लिथुआनियाले यही सीमाबाट आफ्नो देशमा खतरा प्रवेश गर्ने महसुस गरेको छ । रूसले युक्रेन लियो भने भ्लादिमिर पुटिनको निशानामा आफूहरू पर्न सक्ने लिथुआनियालाई डर छ ।
१९९० को मार्चमा सोभियत संघको आधिकारिक विघटन हुनुभन्दा एक वर्षअघि लिथुआनिया सोभियत छाताबाट स्वतन्त्रता प्राप्त गर्ने पहिलो देश बनेको थियो । लिथुआनियाको स्वतन्त्रताले अन्य देशहरूलाई पनि सोभियत संघबाट स्वतन्त्रता प्राप्त गर्न प्रेरित गरेको थियो।
विगत केही वर्षदेखि रुसमा सत्तामा रहेका राष्ट्रपति भ्लादिमिर पुटिन त्यतिबेला रुसी गुप्तचर संस्था केजीबीको एजेन्ट थिए । पुटिनले सोभियत संघको विघटन दुर्भाग्यपूर्ण घटना भएको भन्दै पीडा अझै पनि उनको मनमा छ ।
सोभियत संघबाट बाहिरिएको देशमध्ये एक लिथुआनिया आज निकै सफल राष्ट्रको रूपमा गनिन्छ । कम जनसङ्ख्या भए पनि यसलाई विकसित र उच्च आय भएका देशहरूमा गनिन्छ।
रुस र युक्रेनले क्लस्टर बमको प्रयोगमा प्रतिबन्ध लगाउने सन्धिमा कहिल्यै हस्ताक्षर गरेनन् । विगत तीन वर्षदेखि जारी युद्धमा दुवैले क्लस्टर बमको प्रयोग गरिरहेका छन् ।
'सामान्य युद्धमा रसियाले सबै प्रकारका रणनीतिहरू प्रयोग गरिरहेको छ र यसले हामीले प्रभावकारी प्रतिरोध र रक्षा सुनिश्चित गर्नुपर्दछ भन्ने देखाउँछ,' लिथुआनियाका उप रक्षामन्त्री कारोलिस एलेक्साले एएफपीसँग भनेका छन् ।
के हो क्लास्टर बममा प्रतिबन्ध लगाउने सन्धि ?
सन् २००८ मा नर्वेको राजधानी ओस्लोमा क्लस्टर बमको प्रयोगमा प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर भएको थियो । यो सन्धि २०१० देखि लागू भएको हो । सन्धिले क्लस्टर हतियारको प्रयोग, निर्माण, भण्डारण र स्थानान्तरणमा प्रतिबन्ध लगाएको छ।
यो सन्धिअन्तर्गत सदस्य राष्ट्रहरूले १० वर्षभित्र आफ्नो क्षेत्रबाट क्लस्टर हतियार हटाउनु पर्नेछ । सन्धिमा सदस्य राष्ट्रहरूले ८ वर्षभित्र आफ्ना क्लस्टर हतियार नष्ट गर्ने पनि उल्लेख छ ।
क्लस्टर बममाथि प्रतिबन्ध लगाउने सन्धिमा १ सय १२ देश सामेल छन् । १२ अन्य देशहरूले पनि यस सन्धिमा हस्ताक्षर गरेका छन् र उनीहरूले क्लस्टर हतियार प्रयोग नगर्ने बाचा गरेका छन् ।
क्लस्टर बमहरू विमान वा तोपबाट निकाल्न सकिन्छ । त्यस्ता बमहरू हावामा विष्फोट हुन्छन् र त्यसबाट निस्कने छर्राले ठूलो क्षेत्रमा क्षति पुर्याउँछ । कुनै कारणले क्लस्टर बम विस्फोट नभए पनि जमिन वा पानीमा लामो समयसम्म नष्ट नभई रहन्छ । यसरी यी बमहरू जुनसुकै बेला विस्फोट हुने खतरा रहन्छ ।
लिथुआनियाका उप रक्षामन्त्रीले भने क्लस्टर हतियारहरू सबैभन्दा प्रभावकारी निवारक र सुरक्षा उपाय भएको र तिनीहरूलाई कसरी प्रयोग गर्ने भन्ने आफूहरूलाई थाहा भएको बताएका छन्।
मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले भने लिथुआनियाको यो निर्णयको आलोचना गरेका छन् । यो निर्णयले आम नागरिकको जीवन जोखिममा पर्ने दुवै संस्थाको भनाइ छ ।
लिथुआनिया सरकारले एन्टी पर्सनल ल्यान्डमाइनहरू प्रतिबन्ध लगाउने सन्धिबाट पनि बाहिरिने विचार गरिरहेको छ । देशको सेना र रक्षा मन्त्रालयले ल्यान्डमाइन सन्धिबाट फिर्ता हुने पक्षमा समर्थन जनाएका छन् । अहिले यो विषय सरकारसमक्ष छ र त्यसमा छलफल भइरहेको बताइएको छ।
फिनल्याण्डले पनि एन्टी पर्सनेल ल्यान्डमाइन सन्धिबाट बाहिरिने विचार गरिरहेको छ । हाल १ सय ६४ देशहरू सन् १९९७ एन्टी पर्सनल ल्यान्डमाइन्स कन्भेन्सनमा समावेश छन्।
एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यको पैसा खर्च गरेर नेताका नाममा खेल प्रतियोगिता गर्नु कति जायज ?
-
कस्तो प्रश्न मर्यादित, कस्तो अमर्यादित ?
-
प्रधानाध्यापकद्वारा छात्रालाई अश्लील म्यासेज, गाउँपालिकाले स्पष्टीकरण सोधेपछि राजीनामा
-
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव
-
रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक
-
कर्णालीको स्थानीय सेवा ऐन संशोधन प्रक्रिया अघि बढ्यो