ब्राइडन कार्स घाइते भएपछि वियान मुल्डर सनराइडर्स हैदरावादको टोलीमा

काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजन मार्च २२ तारिखदेखि सुरु हुँदैछ । आईपीएलको खेल तालिका पनि सार्वजनिक भइसकेको छ ।
आईपीएलको नयाँ सिजन सुरु हुनुभन्दा करिब दुई साताअघि सनराइजर्स हैदरावादले आफ्नो टोलीमा परिवर्तन गरेको छ । इङ्ल्यान्डका ब्राइडन कार्स चोटका कारण टोलीबाट बाहिरिएपछि सनराइजर्स हैदरावादले उनको स्थानमा वियान मुल्डरलाई टोलीमा स्थान दिएको हो ।
मुल्डर दक्षिण अफ्रिकाका तीव्र गतिका बलर हुन् । उनी टोलीका अलराउन्डर खेलाडी पनि हुन् । वियान मुल्डरलाई ७५ लाख भारतीय रुपैयाँमा सनराइजर्स हैदराबादले क्लबमा आबद्ध गरेको हो । ब्राइडन कार्स भने च्याम्पियन्स ट्रफीका क्रममा घाइते भएका हुन् ।
अस्ट्रेलियाविरुद्धको खेलका क्रममा उनको खुट्टाको औँलामा गम्भीर चोट लागेको थियो । त्यसलगत्तै उनी च्याम्पियन्स ट्रफीबाट पनि बाहिरिएका थिए । आईपीएलको मेगा अक्सनमा सनराइजर्स हैदरावादले ब्राइडन कार्सलाई एक करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यको पैसा खर्च गरेर नेताका नाममा खेल प्रतियोगिता गर्नु कति जायज ?
-
कस्तो प्रश्न मर्यादित, कस्तो अमर्यादित ?
-
प्रधानाध्यापकद्वारा छात्रालाई अश्लील म्यासेज, गाउँपालिकाले स्पष्टीकरण सोधेपछि राजीनामा
-
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव
-
रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक
-
कर्णालीको स्थानीय सेवा ऐन संशोधन प्रक्रिया अघि बढ्यो