राजनीति
एमाले मोरङमा ढकाल टिमको अग्रता, संस्थापनलाई चुनौती
बिहीबार, २२ फागुन २०८१, १६ : ४९

विराटनगर । नेकपा एमाले मोरङको दसौँ अधिवेशनको नयाँ नेतृत्वको लागि बुधवार भएको मतदानको प्रारम्भिक मत परिणाममा इतर पक्ष बलियो देखिएको छ । इतर पक्षबाट अध्यक्षको उम्मेदवार बनेका अजम्बर राईले ५१ मत ल्याउँदा संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवार राजकुमार ओझाले ४५ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा इतर पक्षका सागर थापाले ५० मत ल्याउँदा संस्थापनकी शान्तिकुमारी लिम्बूले ४२, सचिवमा इतर पक्षका सोमराज थापाले ४८ मत ल्याउँदा संस्थापन पक्षका रविन थापाले ४५, उपसचिव पदमा इतर पक्षका सन्तोष वान्तवाले ५२, उषा झाले ४५ तथा संस्थापनका इर्जलाल राजवंशीले ४१ ल्याउँदा शिल्पा निराला कार्कीले ४९ मत ल्याएका छन् ।
दिउँसो सभा ३ बजेदेखि मतगणना सुरु भएको हो । यो १ सय मत गन्दाको परिणाम हो । अधिवेशनमा ८८८ मत खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यको पैसा खर्च गरेर नेताका नाममा खेल प्रतियोगिता गर्नु कति जायज ?
-
कस्तो प्रश्न मर्यादित, कस्तो अमर्यादित ?
-
प्रधानाध्यापकद्वारा छात्रालाई अश्लील म्यासेज, गाउँपालिकाले स्पष्टीकरण सोधेपछि राजीनामा
-
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव
-
रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक
-
कर्णालीको स्थानीय सेवा ऐन संशोधन प्रक्रिया अघि बढ्यो