बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने उच्चस्तरको तालिम नगरकोटमा

बिहीबार, २२ फागुन २०८१, १६ : ४६
बिहीबार, २२ फागुन २०८१

काठमाडौँ । सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने उच्चस्तरको तालिम नगरकोटमा सुरु भएको छ । 

नगरकोटमास्थित नेपाली सैनिक वार कलेजमा बिहीबारदेखि हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

बलाध्यक्ष रथी प्रदीप जंग केसीले एक कार्यक्रमका बिच तालिमको शुभारम्भ गर्दै तालिमले सहभागी अधिकृतहरूको पेसागत क्षमता, ज्ञान र आत्मविश्वासमा अभिवृद्धि हुने विश्वास व्यक्त गरे । 

कुल ३५ जना महासेनानी दर्जाका अधिकृत शिक्षार्थीहरू (महिला-२ र पुरुष-३३) को सहभागिता रहेको  तालिम सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने तालिमहरू मध्ये सबैभन्दा उच्चस्तरको तालिम भएको सेनाको भनाइ छ । 
 वि.सं. २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको तालिमबाट हालसम्म महिला १३ जनासहित जम्मा ३४० जना अधिकृत प्रशिक्षित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप