बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

अरब देशको अगुवाइमा गाजा पुनःनिर्माणको प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत

बिहीबार, २२ फागुन २०८१, १६ : ४३
बिहीबार, २२ फागुन २०८१

वासिङटन डीसी । अरब नेताहरूले सुझाव दिएको गाजा पुनर्निर्माण योजनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अस्वीकार गरेको छ । ट्रम्प गाजाको लागि आफ्नो दृष्टिकोणमा अडिग रहेको प्रशासनले बताएको छ ।

ट्रम्पले प्यालेस्टिनी नागरिकहरूलाई गाजाबाट बाहिर राख्ने र गाजालाई अमेरिकी पर्यटकीय गन्तव्यमा परिणत गर्ने लगायत योजना बनाएका थिए ।

‘हालको प्रस्तावले गाजाको वास्तविकतालाई बेवास्ता गर्दछ किनकि गाजा हाल बस्न योग्य छैन र सम्पूर्ण क्षेत्र भग्नावशेष र विस्फोटक पदार्थले भरिएको छ’ ह्वाइट हाउस राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता ब्रायन ह्युसले भने एक विज्ञप्तिमा भनेका छन् । राष्ट्रपति ट्रम्प आफ्नो योजना र गाजा क्षेत्रमा शान्ति र समृद्धि ल्याउन प्रतिबद्ध भएको पनि उनले बताए । 

प्रस्तावमा अरब देशहरूले गरेका थिए यस्तो माग 

गाजाको मुद्दामा अरब देशहरूले हालै एक बैठक गरेका थिए । यस बैठकमा इजिप्टले गाजा पुनर्निर्माण योजना पेस गरेको थियो । यसअनुसार गाजामा नयाँ सरकार गठन नभएसम्म गाजाको नियन्त्रण हमासलाई हस्तान्तरण गर्न सुझाव दिइएको थियो ।

साथै, इजिप्टको योजना अन्तर्गत गाजाका २० लाख मानिसहरूलाई पनि गाजामा बस्न अनुमति दिइने भनिएको छ । यो ट्रम्पको योजनाको विपरीत हो ।

आफ्नो योजनामा ट्रम्पले प्यालेस्टाइनमा बसोबास गर्ने मानिसहरूलाई अन्य अरब देशहरूमा बसोबास गर्ने सुझाव दिएका थिए । हमासलाई पूर्ण रूपमा समाप्त पार्ने वा यो निर्णय प्यालेस्टिनीहरूलाई छोड्ने भन्ने कुरामा पनि अरब देशहरूमाझ मतभेद छ ।

हमासले गाजाको प्रशासनमा कुनै भूमिका खेल्ने संकेत गरे पनि, उसले हतियार छाड्न स्पष्ट रूपमा अस्वीकार गरेको छ । अरब देशहरूको योजना अन्तर्गत गाजामा अन्तर्राष्ट्रिय शान्ति सेना तैनाथ गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई अपिल गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप