बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

ब्राइडन कार्स घाइते भएपछि वियान मुल्डर सनराइडर्स हैदरावादको टोलीमा

बिहीबार, २२ फागुन २०८१, १६ : ३९
बिहीबार, २२ फागुन २०८१

काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजन मार्च २२ तारिखदेखि सुरु हुँदैछ । आईपीएलको खेल तालिका पनि सार्वजनिक भइसकेको छ ।

आईपीएलको नयाँ सिजन सुरु हुनुभन्दा करिब दुई साताअघि सनराइजर्स हैदराबादले आफ्नो टोलीमा परिवर्तन गरेको छ । इङ्ल्यान्डका ब्राइडन कार्स चोटका कारण टोलीबाट बाहिरिएपछि सनराइजर्स हैदरावादले उनको स्थानमा वियान मुल्डरलाई टोलीमा स्थान दिएको हो ।

मुल्डर दक्षिण अफ्रिकाका तिब्रगतिका बलर हुन् । उनी टोलीका अलराउन्डर खेलाडी पनि हुन् । वियान मुल्डरलाई ७५ लाख भारतीय रुपैयाँमा सनराइजर्स हैदराबादले क्लबमा आबद्ध गरेको हो । ब्राइडन कार्स भने च्याम्पियन्स ट्रफीका क्रममा घाइते भएका हुन् ।

अस्ट्रेलियाविरुद्धको खेलका क्रममा उनको खुट्टाको औँलामा गम्भीर चोट लागेको थियो । त्यसलगत्तै उनी च्याम्पियन्स ट्रफीबाट पनि बाहिरिएका थिए । आईपीएलको मेगा अक्सनमा सनराइजर्स हैदरावादले ब्राइडन कार्सलाई एक करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप