अस्ट्रेलियाका महान् टेनिस खेलाडी फ्रेडको निधन

काठमाडौँ । सन् १९६० को दशकमा दुईवटा ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जित्ने अस्ट्रेलियाका महान् टेनिस खेलाडी फ्रेड स्टोलको निधन भएको छ । उनले ८६ वर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ ।
आफ्नो समयका प्रभावशाली टेनिस खेलाडी फ्रेडले सन् १९६५ मा फ्रेन्च ओपन र सन् १९६६ मा अर्को ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपनको उपाधि जितेका थिए । उनी ६ पटक विभिन्न ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा पुगेका थिए ।
फ्रेड तीनपटक विम्बल्डनको फाइनलमा पुगे पनि उपाधि जित्नबाट भने बञ्चित भएका थिए । उनले ग्रान्डस्लाम प्रतियोगितामा १० पटक पुरुष डबल्सतर्फको उपाधि पनि चुमेका थिए । यसका अतिरिक्त उनले सातपटक ग्रान्डस्लाम प्रतियोगितामा मिक्स डबल्सतर्फको उपाधि जितेका थिए ।
‘फ्रेड स्टोलको निधन अस्ट्रेलियन टेनिसका लागि अपूरणीय क्षति हो । हामीले महान् खेलाडी गुमाएका छौँ,’ टेनिस अस्ट्रेलियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जब हामी अस्ट्रेलियन टेनिसमा सुनौलो पुस्ताको चर्चा गर्छौँ, त्यतिबेला फ्रेडको नाम अग्रपँक्तिमा आउँछ ।’
टेनिस अस्ट्रेलियाले फ्रेड स्टोलप्रति श्रृद्धाञ्जली पनि अर्पण गरेको छ । टेनिस अस्ट्रेलियाले यी महान् खेलाडीको आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक
-
कर्णालीको स्थानीय सेवा ऐन संशोधन प्रक्रिया अघि बढ्यो
-
पारा एथलेटिक्स टोली भारत जाँदै
-
लोकतन्त्रको विकल्प अरू हनु सक्दैन , राजतन्त्र फर्किँदैन- गृहमन्त्री
-
६ देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
-
कुलमानलाई पदबाट हटाए सरकारलाई निकै महँगो पर्छ : माधव सापकोटा