रास्वपा सांसद खनालको प्रश्न : सरकार जीबी राईलाई खोज्दै छ कि छैन ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकार गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई खोजिरहेको छ कि छैन भनेर प्रश्न गरेका छन् । सहकारीको सबैभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेका गोर्खा मिडियाका अध्यक्ष राई अझै पक्राउ परेका छैनन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद खनालले सहकारी संसदीय विशेष छानबिन समितिले रवि लामिछानेको सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नरहेको भने पनि सरकारले प्रतिशोध साँधेको आरोप लगाए । उनले सकारले समितिको सिफारिस विपरित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा समेत थपेको जिकिर गरे ।
उनले भने, ‘बरु सरकार जीबी राईलाई खोज्दै छ कि छैन आजकल ? प्रतिवेदनमा कम्पनीमा आएको रकम परिचालनमा मात्रै संलग्न रहेको लेख्दालेख्दै पनि सहकारी ठगीमा पक्राउ गरियो । अनि पछि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा जोडियो । ८४ दिन हिरासतमा राखेर बल्ल मुद्दा दर्ता गरियो । अझै एउटा अदालतमा त मुद्दा पनि दर्ता भएको छैन । सरकार अल्झाइराखेको छ । सत्तापक्षका माननीयहरूलाई पनि सहकारी ठगीको आरोप लाग्यो सामान्य सोधपुछ गरेर छोडियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानाध्यापकद्वारा छात्रालाई अश्लील म्यासेज, गाउँपालिकाले स्पष्टीकरण सोधेपछि राजीनामा
-
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव
-
रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक
-
कर्णालीको स्थानीय सेवा ऐन संशोधन प्रक्रिया अघि बढ्यो
-
पारा एथलेटिक्स टोली भारत जाँदै
-
लोकतन्त्रको विकल्प हुन सक्दैन , राजतन्त्र फर्किँदैन- गृहमन्त्री