कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका विषयमा ऊर्जामन्त्रीले सदनमा झुटा विवरण प्रस्तुत गरेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले मन्त्रीजस्तो व्यक्तिले संसद्लाई झुटा विवरण दिनु उचित नभएको र सदनमा मुर्खहरुमात्र बसेको नठान्न आग्रह गरेका हुन् ।
कर्मचारीलाई सरकारले कारिन्दा र नोकर मात्र ठान्छ भने आफूहरू त्यस्ता कर्मचारीको पक्षमा उभिने उनले बताए । उनले ३५ अर्ब घाटामा रहेको प्राधिकरणलाई ८ वर्षमा ५२ अर्ब खुद नाफामा लाने कुलमानप्रति ऊर्जामन्त्रीले झुटा विवरण प्रस्तुत गर्दा जलविद्युत क्षेत्रमा नकारात्मक सन्देश जाने धारणा राखे ।
लि्ङदेनले व्यक्तिगत आकांक्षा पूर्तिका लागि संस्थाको हित विपरीत कार्य नगर्न ऊर्जामन्त्रीलाई सुझाव समेत दिए । उनले ऊर्जामन्त्रीको कुरा सुन्दा व्यवसायीहरूबाट २२ अर्ब रुपैयाँ नउठाउने संकेत देखिएको भन्दै त्यस्तो गर्न नपाइने जिकिर गरे ।
उनले आफ्नो स्वार्थका लागि कुलमानलाई हटाउने कामबाट पछि हट्न र परिस्थिति बिग्रन नदिन ऊर्जा मन्त्रीलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कुलमानलाई पदबाट हटाए सरकारलाई निकै महँगो पर्छ : माधव सापकोटा
-
अब अराजकता, बलमिच्याइँ चल्दैन, हामी देश बनाउन आएका हौँ - प्रधानमन्त्री
-
बालयौन दुरुपयोगको कसुरमा एक जना शिक्षक पक्राउ
-
सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरी अपचलन गर्नेलाई कारबाहीको माग
-
लुम्बिनीमा ४ हजार दीप प्रज्वलन गरिँदै
-
सरकारकाे असल काम देखेर केही समूह आत्तिए - मन्त्री अधिकारी