बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

अब राजतन्त्र ब्युँतने सपना नदेखे  हुन्छः प्रधानमन्त्री

बिहीबार, २२ फागुन २०८१, १५ : ४१
बिहीबार, २२ फागुन २०८१

महोत्तरी। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब राजतन्त्र फर्किन सम्भव नभएको बताएका छन् ।     मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै ओलीले सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए । 

महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै ओलीले भने, ‘अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन ।’ उनले  औद्योगिक विकास र रोजगारी सृजनामा सरकारले प्राथमिकता दिने समेत बताए । 

    प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको सो क्रममा बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप