बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

‘पैसा डबल’ गरिदिने भन्दै ठगी गर्नेलाई कारबाहीको माग गर्दै न्यायालय अगाडि प्रदर्शन

बिहीबार, २२ फागुन २०८१, १५ : ३९
बिहीबार, २२ फागुन २०८१

धनुषा । ‘पैसा डबल’ गरिदिने ठगी मुद्दाका आरोपितलाई कारबाहीको माग गर्दै सप्तरीको राजविराजमा प्रदर्शन गरिएको छ । सप्तरी प्रहरीले आरोपितहरूलाई अदालतमा बुझाएपछि पीडितहरूले न्यायका माग गर्दै प्रदर्शन गरेका हुन् । 

जिल्लाको सदरमुकाम राजविराजमा खबरदारी जुलुस निकाल्दै सयौँको संख्यामा रहेका पीडितहरूले नगर परिक्रममा गर्दै प्रदर्शन गरेका थिए । पीडितहरूले ‘पैसा डबल’ गरिदिने ठगहरूलाई कारबाही गर, दोषीलाई कारबाही गर’ सहितका नारा लगाउँदै प्रदर्शन गरेका थिए । ‘पैसा डबल’ गरिदिने मुद्दाका आरोपितहरूलाई उम्काउन खोजेको आरोप लगाउँदै पीडितहरूले खबरदारी प्रदर्शन गरेको जुलुसमा सहभागी एक पीडित बताउँछन् । 

सप्तरी प्रहरीले जिल्लामा गिरोह बनाएर ‘पैसा डबल’ गरिदिने भन्दै ठगी गरेको आरोपमा मुख्य नाइकेसहित चार जनालाई पक्राउ गरेको थियो । ठगी धन्दाका मुख्य आरोपी रामबहादुर भनिने हनुमानी रजक तथा पत्रकार वैद्यनाथ यादवसहित चारजना पक्राउ परेका थिए । 

यही मुद्दामा प्रहरीले थुकछेक बहसका लागि बुधबार जिल्ला अदालत सप्तरीमा पठाएको छ । थुनछेक बहसका लागि मुद्दा अदालतमा पठाइएपछि न्यायको माग गर्दै पीडितहरूले प्रदर्शन गरेको सप्तरी प्रहरी प्रमुख डकेन्द्र खतिवडाले बताए । 

उनका अनुसार त्यसपछि हामीले न्यायालयको अगाडि प्रदर्शन गर्न नमिल्ने भन्दै त्यहाँबाट अन्यत्र पठाएका हौ । अहिले अवस्थामा सामान्य रहेको सप्तरी प्रहरीले जानकारी दिएको छ । 

उक्त गिरोहले अढाई करोड भन्दा बढी ठगी गरेको प्रहरीमा जाहेरी परेको छ । सोही जाहेरी अनुसार सबैलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप