राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत

काठमाडौँ । सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट धमाधम स्वीकृत भएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा निर्णयार्थ पेश भएका अध्यादेश धमाधम स्वीकृत भएका हुन् ।
बैठकबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन ) अध्यादेश २०८१ र ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ स्वीकृत भएका छन् ।
ती अध्यादेश सभाको बहुमतले स्वीकृत भएका हुन् । बैठकमा अध्यादेश अस्वीकारका प्रस्तावहरू बहुमतले अस्वीकृत र अध्यादेश स्वीकृत भएका हुन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व र सुशासनसम्बन्धी अध्यादेश स्वीकृत भएपछि राष्ट्रिय सभामा निजीकरण अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र सहकारी विधेयकमाथि छलफल भइरहेको छ । ती सबै अध्यादेश आजै राष्ट्रिय सभाबाट स्वीकृत गर्ने तयारी छ ।
विपक्षी दलका सांसदहरूले सरकार अध्यादेशबाट मुलुक चलाउने बाटोमा लागेको भन्दै अस्वीकृत गर्न आग्रह गरे पनि उनीहरूको सूचना अस्वीकृत हुँदै आएका छन् ।
पाँचवटै अध्यादेश बुधबारको प्रतिनिधि सभाबाट स्वीकृत भैसकेको छन् । दुवै सदनबाट स्वीकृत भएपछि सरकारले प्रतिस्थापन विधेयकका रूपमा अघि बढाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम चौधरी पक्राउ परेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
-
फैसला कार्यान्वयनका लागि रेशमलाई पक्राउ गरेका हौँ : प्रहरी
-
ट्रम्पले अमेजनका मालिक बेजोसलाई किन बोलाए ?
-
आजपाले बुझायो लोकसेवा आयोगमा ज्ञापनपत्र
-
बिहीबारदेखि पठनपाठन हुने वातावरण बन्छ : सत्ता गठबन्धन
-
विदेशी विद्यार्थीको कानुनी मान्यता अन्त्य गर्ने यस्तो छ ट्रम्प प्रशासनको योजना