बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

युक्रेनको तर्फबाट युद्ध लड्ने बेलायती युवकलाई रुसमा १९ वर्षको जेल सजाय

बिहीबार, २२ फागुन २०८१, १५ : २२
बिहीबार, २२ फागुन २०८१

मस्को । रुसले एक जना बेलायती युवकलाई १९ वर्षको जेल सजाय सुनाएको छ । २२ वर्षका जेम्स स्कट रेह्स एन्डर्सन युक्रेनको तर्फबाट युद्धमा लड्दै गर्दा समातिएका थिए ।

 रुसी अदालतले बुधबार उनलाई १९ वर्षको सजाय सुनाएको छ । एन्डर्सनमाथि कुस्र्कमा तीन दिनको बन्द सैन्य कारबाहीमा भाडाको सैन्य गतिविधि गरेको र आतंकवादी कार्य गरेको अभियोग लगाइएको थियो । एन्डर्सन नोभेम्बरमा पक्राउ परेका थिए । 

उनीविरुद्ध लगाइएको अभियोगमा एन्डर्सन दोषी भेटिएको कुस्र्क क्षेत्रका लागि अदालतको प्रेस सेवाले एउटा विज्ञप्तिमा भनेको छ । एन्डर्सन पाँच वर्षसम्म जेलमा रहनेछन् । त्यसपछिको बाँकी अवधिका लागि उनलाई पेनल कोलोनीमा पठाइने बताइएको छ । 

२०२२ मा रुसको कब्जामा रहेको दोनेत्स्क क्षेत्रको एउटा अदालतले दुई बेलायती र एक मोरक्काली नागरिकलाई मृत्यु दन्डको सजाय सुनाइएको थियो । तर कैदी आदानप्रदान कार्यक्रम अन्तर्गत तीनै जनालाई पछि रिहा गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप