कुलमानलाई शून्य अंक किन ? यस्तो छ मन्त्री खड्काको स्पष्टीकरण

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएकाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य अंक दिनुपरेको स्पष्ट पारेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री खड्काले समयमै कार्यसम्पादन नबुझाएकाले कुलमानले अङ्क प्राप्त गर्न नसकेको बताएका हुन् ।
उनले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएपछि मन्त्रालयले पत्राचार गर्दा कुलमानले आफैलाई नम्बर दिएर कार्यसम्पादन मूल्याङ्कन पठाएको तर्क गरे ।
मन्त्री खड्काले कुलमान घिसिङले सरकारलाई समेत नटेरेको भन्दै कानुनभन्दा माथि कोही हुन नसक्ने धारणा राख्नुभयो ।
आफू मन्त्रालयमा आएपछि कुलमानप्रति धेरै उत्साहित भए पनि अध्ययन गर्दै जाँदा धेरै कमजोरी देखिएको बताए । उनले प्राधिकरणले उठाउन नसकेको बक्यौतालाई आधार मानेर नाफा देखाएको तर्क गर्नुभयो ।
प्राधिकरणको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनका लागि पटक पटक निर्णय भए पनि २५ वटाभन्दा बढी संस्थाको विवरण उपलब्ध नगराएको आरोप लगाए। मन्त्री खड्काले प्रक्रिया नै पुरा नगरी भारतसँग विद्धुत खरिदको सम्झौता गरेको जिकिर गरे ।
उनले कुलमानका कारण नभई भारतबाट सहजरुपमा विद्युत् आपूर्तिका साथै मुलुकमा विद्युत आयोजनाबाट थप विद्युत् उत्पादन भएकाले लोडसेडिङ अन्त्य भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो स्पष्टीकरण पत्र (पूर्णपाठ)
-
सात जना नारीलाई सम्मान गर्दै सकियो ‘महिला चलचित्र महोत्सव’
-
भीपीएनबाट मोबाइल बैंकिङ एप नचल्ने, ‘इन्टरनेट बैंकिङ’ हट्यो
-
संसद्बाट स्वीकृत ५ अध्यादेश कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
-
‘नेपालसँग यस्तो सम्बन्ध राख्नुपर्छ, जसले चीनका लागि मैदान खाली नहोस्’
-
एमाले मोरङ मतगणना : अध्यक्ष ओलीको समर्थन पाएको प्यानल पछाडि