राष्ट्रियसभामा भूमि अध्यादेशको खोजी, सांसदले भने– कता हरायो ?
बिहीबार, २२ फागुन २०८१, १४ : ५९

काठमाडौँ । राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले भूमिसम्बन्धी अध्यादेश कता गयो भनेर प्रश्न गरेका छन् । बिहीबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१ माथिको छलफलका क्रममा सांसद शर्माले सरकारले ल्याएका अध्यादेश ल्याएकोमा मन्त्रीहरूलाई गलत तरिकाले ल्याएको महसुस भइरहेको आफूले पाएको बताए ।
उनले एकैपटक ३१ वटा ऐन संशोधन गर्नुपर्ने जरुरी किन पर्यो भनेर प्रश्न गरे । साथै उनले भूमिसम्बन्धी अध्यादेश कता हरायो भनेर प्रश्न गरे । ‘६ वटा अध्यादेश ल्याएकोमा भूमिसम्बन्धी अध्यादेश कता हरायो ? यहाँ देखा परेको छैन’, उनले भने, ‘यो नआउनुमा कहाँ कुरा मिलेन ?’ उनले भूमि अध्यादेश कसैले खोसेको हो वा तानेको हो भन्दै बजेट निर्माणमा योजना आयोगलाई पङ्गु बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात जना नारीलाई सम्मान गर्दै सकियो ‘महिला चलचित्र महोत्सव’
-
भीपीएनबाट मोबाइल बैंकिङ एप नचल्ने, ‘इन्टरनेट बैंकिङ’ हट्यो
-
संसद्बाट स्वीकृत ५ अध्यादेश कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
-
‘नेपालसँग यस्तो सम्बन्ध राख्नुपर्छ, जसले चीनका लागि मैदान खाली नहोस्’
-
एमाले मोरङ मतगणना : अध्यक्ष ओलीको समर्थन पाएको प्यानल पछाडि
-
सहसचिवलाई उपसचिवको अन्डरमा राखेर काम गराउन पाइँदैन : डा.मिश्र