बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो छ फिल्म ‘११ः५५’ को ट्रेलर

बिहीबार, २२ फागुन २०८१

काठमाडौँ । फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान)को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको ट्रेलरले फिल्म पारिवारिक कथामा थ्रिलर जनरामा निर्माण भएको अनुमान गर्न सकिन्छ । ट्रेलरमा फिल्मका ती दृश्यले प्राथमिकता पाएका छन्, जसले दर्शकको फिल्म प्रतिको आकर्षक बढाउने देखिन्छ ,

आगामी चैत्र ८ गते प्रदर्शनमा आउने फिल्ममा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र सागर खनालको अभिनय छ । सागरले यसै फिल्म मार्फत अभिनयमा डेब्यु गरेका हुन् ।

फिल्मको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । पाण्डेको यो डेब्यु फिल्म हो । फिल्ममा पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ ।

अल्मोडा राना उप्रेतीको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, प्रद्युम्न मिश्रको डीओपी, रामशरण उप्रेतीको छायांकन रहेको फिल्मको पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले फिल्ममा प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन् ।

विचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । फिल्ममा बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय रहेको बताइन्छ । फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन् । फिल्म कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया