बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आर्थिक कार्यविधि अध्यादेश संविधानको धारा ११२ विपरीत : डा.बेदुराम भुसाल

बिहीबार, २२ फागुन २०८१, १४ : ४८
बिहीबार, २२ फागुन २०८१

काठमाडौँ । राष्ट्रियसभा सदस्य डा.बेदुराम भुसालले संसद्‌मा आएको विधेयक फिर्ता नगरी अध्यादेश ल्याउनु संविधानको धारा ११२ विपरीत भएको बताएका छन् । 

बिहीबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१ माथिको छलफलका क्रममा प्रतिनिधिसभा नियमावलीको १२२ र राष्ट्रियसभा नियमावली ११६ ले कुनै पनि विचाराधीन विधेयक फिर्ता लिएपछि मात्र अध्यादेशका रूपमा अघि बढाउन सकिने व्यवस्था रहेकाले संविधान विपरीत भएको दाबी गरे ।

उनले संसद्‌प्रति सरकार उत्तरदायी नभएको भन्दै अध्यादेशको कन्टेन्टमा योजना आयोगले बजेट सिलिङ तोक्ने व्यवस्था परिवर्तन गर्दै अर्थ मन्त्रालयमा सीमित गर्नु कति लोकतान्त्रिक भयो भनेर प्रश्न गरे । डा.भुसालले उक्त अध्यादेश बैठकले अस्वीकार गरेर संसद्को गरिमा राख्नुपर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप