राष्ट्रियसभा बैठकमा सांसदहरू : एमसीसी र यूएसएआईडी रोकिँदा अर्थतन्त्रमा वार्षिक २० अर्बले असर पर्छ

काठमाडौँ । राष्ट्रिय सभाको शून्य समयमा राष्ट्रिय सभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राखेका छन् ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले रुकुम (पश्चिम) मा रहेको दुई वटा विमानस्थल बन्द रहेकाले यथाशीघ्र सञ्चालनका लागि सरकारसँग माग गरे । उनले भने, ‘रुकुम पश्चिममा दुई वटा विमानस्थल छ, एउटा सदरमुकाम रहेको सल्य विमानस्थल र अर्को पश्चिममा रहेको चौरजारी विमानस्थल । आज दुवै विमानस्थल उडान भएको छैन । सदरमुकामको विमानस्थल २०८१ पुस २ गतेदेखि सञ्चालन भएको छैन । यथाशीघ्र सञ्चालनका गर्नका लागि नेपाल सरकारका सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’
राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले अमेरिकी अन्तर्राष्ट्रिय सहायतासम्बन्धी यूएसएआईडी र एमसीसी बन्दा हुँदा अर्थतन्त्रमा वार्षिक २० अर्ब प्रभाव परेको बताए । उनले भने, ‘अमेरिकी अन्तर्राष्ट्रिय सहायता सम्बन्धी यूएसएआईडी र एमसीसी बन्द भएको छ । नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थामार्फत नेपालमा प्रदान गरिँदै आएका सहायताहरूले नेपालका अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरिने कृत्रिम हातखुट्टाहरू, बालबालिका तथा विद्यार्थीलाई दिएको शिक्षा लगायतका विभिन्न क्षेत्रहरूमा कस्तो प्रभाव परेको छ । ६ हजार भन्दा बढी रोजगारी गुमेको छ । वार्षिक २० अर्ब अर्थतन्त्रमा प्रभाव परेको छ यो सन्दर्भमा के प्रभाव पारेको छ भनेर सरकारले अध्ययन गरोस् र सदनमा जानकारी बनायोस् ।’
राष्ट्रिय सभा सदस्य पूजा चौधरी सिरहामा रिंकु सदाको बलात्कारपछि भएको हत्यामा संलग्न हत्यारालाई समात्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘छोरी भएकै कारण कहिले ममता काफ्ले, कहिले प्रकृति लम्साल त कहिले रिंकु सदा । के छोरी भएर जन्मिनु पाप हो ? मधेस प्रदेश सिरहा नवराजपुर गाउँपालिका भगवती टोल निवासी रिंकु सदाको बलात्कारपछि आफैँमा पीडादायी छ । २६ दिन बितिसक्दा पनि उनको हत्यारा फरार रहेको र राज्यले पनि क्षतिपूर्ति उपलब्ध नगराएको अवस्थामा छिटोभन्दा छिटो क्षतिपूर्ति उपलब्ध र अपराधीलाई समात्न अनुरोध गर्दछु ।’
राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीले शिक्षा विधेयक छिटो पास गर्न सरकारको ध्यानाकर्षण गराए । उनले संविधान बनेको १० वर्षमा सबै पार्टीहरू सरकारको सञ्चालनमा पुगे पनि शिक्षा विधेयक नबन्नु सबै सरकारको कमजोरी भएको आरोप लगाए ।
उनले भने, ‘अहिले विद्यालयका शिक्षक शिक्षिका आन्दोलनमा हुनुहुन्छ उहाँहरूको माग त्यति ठुलो पनि छैन । मात्रै शिक्षा विधेयक चाँडै पास गरियोस् भन्ने उहाँहरूको कुरा जायज पनि छ । संविधान बनेको १० वर्षमा सबै पार्टीका नेताहरूले सरकार बनाउनुभयो, देश चलाउनुभयो तर शिक्षा विधेयक अहिलेसम्म नबन्नुमा सबै सरकारहरूको कमजोरी हो त्यसैले सामुदायिक विद्यालयहरूको शिक्षक शिक्षिकाहरूको समस्या समाधानका लागि छिटो भन्दा छिटो शिक्षा विधेयक पास होस् भनी सरकारको ध्यानाकर्षण गराउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल