प्रधानमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहबाट निवेदन माग
बिहीबार, २२ फागुन २०८१, १४ : ४०

तनहुँ । जिल्लाका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचिकृत हुन निवेदन माग गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि स्थानीय तहले सूचिकृत हुने बेरोजगारलाई निवेदन माग गरेका हुन् ।
जिल्लास्थित व्यास नगरपालिका, देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिकाले प्रधानमन्त्री रोजगारमा आबद्ध भई न्यूनतम रोजगारी प्राप्तिका लागि निवेदन माग गरेका हुन् ।
एक सय दिनका लागि प्रदान गरिने रोजगारका लागि काम गर्न इच्छुक व्यक्तिले फागुन मसान्तसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दिनसक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, बिहे स्थगित
-
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
-
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
-
मधु र सागरले ल्याए ‘सनई ढोलाकी’, बिहेको चर्चा
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास