राष्ट्रियसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश’ स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ स्वीकृत भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकले यो अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।
यो अध्यादेशमा विपक्षी दलका सांसदले अस्वीकृतको प्रस्ताव पेस गरेका थिए । तर विपक्षीका अस्वीकृत गर्ने प्रस्ताव पारित हुन सकेन । त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उक्त अध्यादेश बहुमतबाट स्वीकृत भएको घोषणा गरे ।
त्यसअघि सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै राज्यमा सुशासन कायम गर्न अध्यादेश आएको बताएका थिए । जसलाई राष्ट्रियसभाबाट बहुमतले स्वीकृति प्रदान गरेको हो ।
यसअघि बिहीबार बसेको प्रतिनिधिसभाले पनि सरकारले यो सहित पाँचैवटा अध्यादेश स्वीकृत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ प्रदान
-
अष्ट्रेलियामा ‘मिसेस नेपाल अष्ट्रेलियामा’ हुने
-
सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने
-
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष र शिक्षा समिति सभापतिबीच चर्काचर्की
-
देशको नीति कार्यक्रममा कर्णालीले खोजेका बुँदा
-
बुटवलमा श्रमिकलाई नगदसहित सम्मान