संसद्मा ऊर्जामन्त्रीले भने– ‘कुलमान कानुनभन्दा माथि हो भने संसद्ले भनिदिनुपर्यो ’

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कानुनभन्दा माथि हो भने संसद् भनिदिन आग्रह गरेका छन् । कुलमानमाथि प्रष्टीकरण सोधेको विषयमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले कुलमानले समयभित्र कार्यसम्पादन मूल्याङ्कनका लागि समयभित्र अनुरोध नै नगरेको र मन्त्रालयले पत्राचार गरेपछि आफूले आफैँलाई नम्बर दिएर पठाएको बताए ।
ऊर्जामन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले हुँदै नभएको नाफा देखाएको आरोप समेत लगाएका छन् । उनले ट्रंक र डेडिकेटेड लाइनको उठ्न बाँकी भनिएको महसुललाई समेत नाफामा बाँधेर नाफा देखाइएको र यसैका आधारमा प्रिमियममा मूल्यमा जनतालाई शेयर जारी गर्न यो देखाइएको बताए ।
उनले प्राधिकरण सञ्चालक समितिले प्राधिकरणको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) गर्न निर्णय गरे पनि कुलमानले नटेरेको बताए । उनले प्राधिकरण अन्तर्गत कुलमानले नेतृत्व गरिरहेको २५ वटाभन्दा बढी संस्थाको विवरण समेत प्राप्त गर्न नसकिएको उनको भनाइ छ ।
‘हामीले ९ पटकसम्म लिखित अनुरोध गर्यौँ । उहाँले सुन्नुभएन, गर्नुभएन, अझै भन्ने हो भने टेर्नुभएन,’ ऊर्जामन्त्रीले भने, ‘उहाँले चाहिँ जे गरे पनि कानुन नलाग्ने हो ? हो भने भनिदिनुपर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो स्पष्टीकरण पत्र (पूर्णपाठ)
-
सात जना नारीलाई सम्मान गर्दै सकियो ‘महिला चलचित्र महोत्सव’
-
भीपीएनबाट मोबाइल बैंकिङ एप नचल्ने, ‘इन्टरनेट बैंकिङ’ हट्यो
-
संसद्बाट स्वीकृत ५ अध्यादेश कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
-
‘नेपालसँग यस्तो सम्बन्ध राख्नुपर्छ, जसले चीनका लागि मैदान खाली नहोस्’
-
एमाले मोरङ मतगणना : अध्यक्ष ओलीको समर्थन पाएको प्यानल पछाडि