टम ब्रुसले बनाए न्युजिल्यान्डको क्रिकेट इतिहासमा तेस्रो ठुलो एकल स्कोर

काठमाडौँ । सेन्ट्रल डिस्ट्रिक्सका अनुभवी ब्याट्सम्यान टम ब्रुसले न्युजिल्यान्ड क्रिकेटको इतिहासमा तेस्रो ठुलो एकल स्कोर बनाएका छन् । उनले हाल न्युजिल्यान्डमा जारी प्रथम श्रेणीको क्रिकेट प्रतियोगिता प्लनकेट शिल्डमा यस्तो उपलब्धि हासिल गरेका हुन् ।
३३ वर्षीय ब्याट्सम्यान टम ब्रुसले अकल्यान्डविरुद्धको खेलमा तीन सय ४५ रनको पाली खेले । यस क्रममा उनले पाँच सय ६४ मिनेटसम्म क्रिकेटमा टिकेर चार सय एक बलको सामना गरी ६ छक्का र ३६ वटा चौका हिर्काएका थिए । उनले न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट हालसम्म टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलेका छन् । उनले १७ टी–२० अन्तर्राष्ट्रियमा कुल दुई सय ७९ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर अविजित ५९ रन हो ।
टम ब्रुस सेन्ट्रल डिस्ट्रिक्सका कप्तान पनि हुन् । उनले उत्कृष्ट तेहरो शतक प्रहार गरेपछि सेन्ट्रल डिस्ट्रिक्सले केवल पाँच विकेटको नोक्सानीमा सात सय रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको थियो ।
सेन्ट्रल डिस्ट्रिक्सका लागि कप्तान टम ब्रुसका अतिरिक्त डेन क्लिभर (११५ रन) र जस क्लर्कसन (अविजित १६६ रन) ले पनि शतकीय पाली खेलेका थिए । बिहीबार दोस्रो दिनको खेल समाप्त हुँदासम्म अकल्यान्डले आफ्नो पहिलो पालीमा तीन विकेट गुमाएर एक सय ४३ रन बनाएको छ ।
न्युजिल्यान्डको प्रथम श्रेणीको क्रिकेट इतिहासमा टम ब्रुसभन्दा बढी रन बर्ट सटक्लिफले मात्र बनाएका छन् । बर्टले ओटागोका लागि क्रमशः तीन सय ५५ रन र तीन सय ८५ रन बनाएका थिए । टम ब्रुस पहिलो दिन दुई सय १२ रनमा अविजित रहेका थिए ।
त्यसपछि दोस्रो दिन उनी तीन सय ४५ रन बनाउँदै आउट भएका थिए । उनले तीन सय ७९ बलमा आफ्नो तेहरो शतक पुरा गरेका थिए । तीन सय ३९ रन बनाएसँगै टम ब्रुसले पूर्वखेलाडी रोजर ब्लन्टले सन् १९३१–३२ सिजनमा बनाएको कीर्तिमान तोडेका थिए ।
टम ब्रुसले प्रथम श्रेणीको क्रिकेटमा यसअघि बनाएको उच्च स्कोर भने अविजित दुई सय आठ रन थियो । उनले ९० वटा प्रथम श्रेणीको प्रतियोगिता खेल्दै कुल ६ हजार एक सय ९३ रन बनाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो स्पष्टीकरण पत्र (पूर्णपाठ)
-
सात जना नारीलाई सम्मान गर्दै सकियो ‘महिला चलचित्र महोत्सव’
-
भीपीएनबाट मोबाइल बैंकिङ एप नचल्ने, ‘इन्टरनेट बैंकिङ’ हट्यो
-
संसद्बाट स्वीकृत ५ अध्यादेश कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
-
‘नेपालसँग यस्तो सम्बन्ध राख्नुपर्छ, जसले चीनका लागि मैदान खाली नहोस्’
-
एमाले मोरङ मतगणना : अध्यक्ष ओलीको समर्थन पाएको प्यानल पछाडि