बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

भर्खर जङ्गलबाट सहर छिरेकाहरूले संसदमा असभ्य र अशिष्ट शब्दहरू बोल्न थाले: एमाले सांसद रिजाल

केपी ओली कपमा कुटपिट गर्ने गुण्डा नभई लोकतन्त्रका सेनानी
बिहीबार, २२ फागुन २०८१, १४ : २४
बिहीबार, २२ फागुन २०८१

काठमाडौँ । नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले भर्खर जङ्गलबाट सहर छिरेका जम्बो मन्त्रीहरूले संसदमा असभ्य र अशिष्ट शब्दहरू बोल्ने अभ्यास गरिरहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद रिजालले नेकपा (माओवादी केन्द्र)का सांसदहरूलाई लक्षित गर्दै उक्त टिप्पणी गर्नुभएको हो । 

बुधवारको बैठकमा माओवादी सांसदहरूले प्रधानमन्त्रीको आलोचना गरेकै आधारमा बिरालाका गुण्डाहरूले नागरिक कुटेको भन्दै अभिव्यक्ति दिएका थिए । उनले लोकतान्त्रिक नेतृत्वमाथि प्रहार हुँदा त्यसलाई रोक्नेहरू बिरालोका गुण्डा नभई लोकतन्त्रका सेनानी भएको उल्लेख गरे । 

उनले भने, ‘सभ्यताको थलो यस सदनमा एकदुई दिनदेखि बडो असभ्य शब्दहरू प्रस्तुत हुँदैछन् । भर्खर भर्खर जंगलबाट सहरतिर छिरेको जम्बो मन्त्रीहरूले असभ्य, अशिष्ट कुराहरू राख्ने अभ्यास गरिरहनुभएको छ । र हिजो मात्रै बिरालाका गुण्डाहरू भन्ने जुन शब्द सुनियो यो संसदीय शब्द होइन । म के चुनौती दिन चाहन्छु भने ती बिल्लाधारी गुण्डा होइनन् लोकतन्त्रका सेनानीहरू हुन् । जब लोकतन्त्र र गणतन्त्रमाथि प्रहार हुन्छ ती चुप लागेर बस्दैनन् ।’

उहाँले सबै सांसदहरूले संसद्को गरिमा कायम हुने गरी बोल्न समेत आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप