४ चैतबाट तेस्रो कर्णाली चलचित्र कार्यशाला हुने
_k07r49rAI5.jpg)
काठमाडौँ । तेस्रो कर्णाली चलचित्र कार्यशाला आगामी ४ चैतदेखि ९ चैतसम्म कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ । केवी इन्टरटेनमेन्ट प्रालिले कर्णालीमा तेस्रो पटक यो चलचित्र कार्यशाला गर्न लागेको हो ।
गत वर्ष फागुनको २३ देखि २८ गतेसम्म आयोजित कार्यशालामा बेसिक कोर्स सिकेका विद्यार्थी र अन्य नयाँ विद्यार्थीहरूलाई यस पटक चलचित्रबारे एडभान्स कोर्सको प्रशिक्षण दिइनेछ । आयोजक संस्थाका अध्यक्ष भूपेन्द्रकुमार खड्काका अनुसार यस पटकको कार्यशाला प्रयोगात्मक विशेष हुनेछ ।
‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर छ’, खड्काले भने ‘संस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले तीन वर्षबाट नियमित रूपमा कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौँ ।’
कार्यशालामा यस पटक चलचित्र विकास बोर्डका अध्यक्ष तथा लोकप्रिय कलाकार, दिनेश डिसी, पूर्व अध्यक्ष एवम् चलचित्र निर्देशक दयाराम दाहालको विशेष कक्षा हुनेछ । चलचित्र विकास बोर्डका सदस्य एवम् निर्देशक राजु केसीले प्रयोगात्मक सहितको कक्षा लिने छन् ।
सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धी प्रशिक्षण दिने छिन् भने छायाकार नीरज कँडेलले छायाङ्कन सम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिनेछन् । यस्तै, फिल्म सम्पादक रुपेश मिजारले कार्यक्रममा फिल्म सम्पादन सम्बन्धी कक्षा लिने भएका छन् । कार्यशालामा सहभागी विद्यार्थीहरूले तीनवटा वृत्तचित्र र दुई वटा लघु चलचित्र निर्माण गर्नेछन् ।
कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विद्यार्थीहरूले यो कार्यशालामा भाग दिने भएका छन् । चलचित्र विकास बोर्डको सहकार्यमा हुने यो कार्यशालालाई नेपाल टेलिकम, नविल बैंक, एनसेलको सहयोग रहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालसँग यस्तो सम्बन्ध राख्नुपर्छ, जसले चीनका लागि मैदान खाली नहोस्’
-
एमाले मोरङ मतगणना : अध्यक्ष ओलीको समर्थन पाएको प्यानल पछाडि
-
सहसचिवलाई उपसचिवको अन्डरमा राखेर काम गराउन पाइँदैन : डा.मिश्र
-
८ हजार १५५ जना सहकारी पीडितको १ अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रुपैयाँ बचत फिर्ता
-
राष्ट्रियसभाबाट पनि पाँचवटै अध्यादेश स्वीकृत
-
१८ दिनसम्म सर्किट लागेपछि यो कम्पनीका लगानीकर्ताले कमाए झन्डै १६ हजार