सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

पत्नीको हत्याको आरोपमा भारतमा १९ वर्षीय नेपाली युवक पक्राउ

बिहीबार, २२ फागुन २०८१, १४ : १४
बिहीबार, २२ फागुन २०८१

भारत । नासिकमा एक नेपाली युवा पक्राउ परेका छन् । पञ्चवटी क्षत्रेमा घाँटी निमोठेर पत्नीको हत्या गरेको आरोपमा सत्पुर भन्ने स्थनमा बस्दै आएका बिकिरे यादव मंगलबार राति पक्राउ परेका हुन् । 

मृतक महिला पनि नेपाली नै भएको र उनको नाम अमृता कुमारी यादव भएको समाचारमा उल्लेख छ । 

 प्रहरीले बिकिरेलाई अदालतमा पेस गरिसकेको छ । अदालतले उनलाई तीन दिन प्रहरी हिरासतमा राख्ने अनुमति दिएको नासिक तालुका प्रहरी थानाका प्रहरी निरीक्षक सत्यजित अम्लेले बताए । 

अमृताको शव नासिक सहरको बाहिरी क्षेत्रमा रहेको चान्दशीमा एक हप्ता अघि भेटिएको थियो । आसपासमा प्रहरी थानामा हराइरहेको व्यक्तिको सूचना आएको छ कि भनेर खोज्दे जाँदा मृतकको हुलियासँग मेल खाने एउटा उजुरी भेटियो । उजुरीमा श्रीमानले आफ्नो श्रीमती हराइरहेको भन्दै पञ्चवटी प्रहरी थानामा उजुरी दर्ता गरेका थिए । सोधपुछका लागि मृतकको श्रीमानलाई थानामा बोलाएर केरकार गर्दा अन्ततः बिकेरी आफैले श्रीमतीको हत्या गरेको स्वीकारको समाचारमा उल्लेख छ । 

आरोपीले भवन निर्माणसम्बन्धी काम गर्ने गरेको प्रहरीको भनाइ छ । बिहे भएको केही समयपछि नै उनले अमृतामाथि अरूसँग लागेको शंका गर्न थालेका थिए । फेब्रुअरी २८ मा उनले अमृतालाई घुमाउने बाहानमा पञ्चवटी लिएर गएका थिए । सुनसान ठाउँमा पुगेपछि श्रीमतिले लगाइरहेको स्कार्फ खोसेर त्यसैलाई घाँटीमा बेरेर उनको हत्या गरेको बताइएको छ । घटनास्थलबाट लगत्तै प्रहरी थानामा पुगेर उनले श्रीमती हराइरहेको भनेर उजुरी लेखाएको प्रहरीको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप