बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस पनि अलोकतान्त्रिक र निरङ्कुश बाटोमा हिँड्यो : माओवादी

बिहीबार, २२ फागुन २०८१, १४ : ०५
बिहीबार, २२ फागुन २०८१

काठमाडौँ । माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य गोपीबहादुर अछामीले वर्तमान सरकार अलोकतान्त्रिक र निरङ्कुशताको बाटोमा हिँडेको भन्दै उक्त बाटोमा प्रजातान्त्रिक भन्ने कांग्रेस समेत लाग्नुलाई दुःखद भनेका छन् ।  बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै अछामीले सरकारले ल्याएका अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्नुपर्नाका कारणबारे प्रस्ट्याउँदै यस्तो बताएका हुन् । 

‘यो सरकार निरङ्कुशता, अलोकतान्त्रिक र संसद् छल्ने बाटोमा लागेको छ’, उनले भने,  ‘र सांसदको अधिकार कुण्ठित गर्ने बाटोतिर पनि गएको देखिन्छ ।’ उनले हालका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक संविधान मिचेको र संसद् विघटन गरेको भन्दै प्रधानमन्त्रीसँग खासै गुनासो नभएको बताए ।

उनले भने, ‘तर नेपाली कांग्रेस पनि त्यही बाटोमा हिँड्नु दुःखद हो ।’ उनले सरकार अध्यादेशमार्फत देश चलाउने चेष्टामा लागेको भन्दै सरकारको अध्यादेश कदमप्रति आपत्ति जनाए ।  उनले अध्यादेश देश हितका लागि नभएको भन्दै अध्यादेश अस्वीकृत गर्न आग्रह समेत गरे ।

अर्का सांसद जगतबहादुर पार्कीले देशको विशेष परिस्थितिमा अध्यादेश ल्याउन सक्ने भए पनि वर्तमान सरकारले संसद् बैठक बोलाउन सक्ने अवस्थामा सदन छलेर र सांसदको सार्वभौम अधिकारमाथि कुठाराघात गरेको बताए । सांसद राधेश्याम पासवानले अध्यादेश औचित्यहीन भएको धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप