राष्ट्रपतिको ठाउँमा राजा राख्नेगरी राजासंस्थाको परिकल्पना गरिएको हो : शाही
_7hAb8sSv5F.jpg)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रपतिको ठाउँमा राजालाई राख्ने गरी आफूहरूले राज संस्थाको परिकल्पना गरेको बताएका छन् ।
रिपोटर्स क्लब नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा राजालाई राख्ने गरी आफूहरूले राज संस्थाको परिकल्पना गरेको बताएका हुन् ।
राष्ट्रिय एकता, मुलुकको इज्जत र प्रतिष्ठाको लागि राजसंस्था अपरिहार्य रहेको उनले बताए । संसारभरि मुलुकको इज्जत र प्रतिष्ठालाई जोगाइराख्न राजसंस्थाबाहेक अरूले सक्दैन भन्ने कुरा नेपालको १६ वर्षको इतिहासमा देखिएको उनले बताए ।
त्यस्तै उनले प्रदेश संरचनालाई खारेज गर्ने विषयमा दलहरूबिच समझदारी बन्नुपर्नेमा जोड दिए । उनले आगामी फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आह्वान समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ