सरकार कमिसनखोर व्यापारीको पक्षमा देखियो : सांसद ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले केपी शर्मा ओली नेतृत्वको सरकार कमिसनखोर व्यापारीको पक्षमा रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा अकश्मिक समयमा बोल्दै सांसद ढकालले एलपी ग्यास व्यवसायी र ढुवानीकर्ताले आफूले पाउने कमिसन १.७५ प्रतिशत बढाएर ५ प्रतिशत पुर्याउन राखेको राखेको माग पूरा गरेर आम नागरिकलाई प्रताडित बनाएको बताए ।
उनले सिमेन्टको मूल्य घटाउन सार्वजनिक लेखा समितिबाट गएको निर्देशन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नमानेको बताए । उनले भने, ‘सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य घटाउन निर्देशन दिएको कति दिन भयो उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री ज्यू । खोई कार्यान्वयन गरेको ?’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घरघरमा पाइप लाइनबाट एलपी ग्यास पुर्याउने भनेको १० वर्ष भए पनि कार्यान्वयन नभएको भन्दै प्रश्न सोधे ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीपीएनबाट मोबाइल बैंकिङ एप नचल्ने, ‘इन्टरनेट बैंकिङ’ हट्यो
-
संसद्बाट स्वीकृत ५ अध्यादेश कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
-
‘नेपालसँग यस्तो सम्बन्ध राख्नुपर्छ, जसले चीनका लागि मैदान खाली नहोस्’
-
एमाले मोरङ मतगणना : अध्यक्ष ओलीको समर्थन पाएको प्यानल पछाडि
-
सहसचिवलाई उपसचिवको अन्डरमा राखेर काम गराउन पाइँदैन : डा.मिश्र
-
८ हजार १५५ जना सहकारी पीडितको १ अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रुपैयाँ बचत फिर्ता