‘एचपीभी खोप ट्रायलका लागि लगाइने भनाइमा सत्यता छैन’
-राष्ट्रिय-सभा-(सत्राैँ-अधिवेशन)-बैठक-संख्या--१०,-मिति-२०८१-साल,-फागुन-२२-गते---youtube_fYHrM4Hega.png)
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एचपीभी खोप नेपालमा ट्रायलका लागि लगाइएको भनेर भएको प्रचारमा कुनै सत्यता नभएको बताएका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदले साधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो जवाफ दिएका हुन् ।
‘अमेरिकामा २००६, युरोपियन युनियनमा २००७ स्वीकृत तथ्यांक, विश्व स्वास्थ्य संठनबाट सुरक्षित र प्रभावकारी भएका खोपमात्र राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिन्छ’, मन्त्री पौडेलले भने, ‘ती खोपहरू नेपालको नियामक निकाय औषधी व्यवस्था विभागबाट प्रयोगका लागि अनुमति प्राप्त भएपछिमात्र प्रयोगमा ल्याइन्छ ।’
मन्त्री पौडेलले भने, ‘त्यसैले एचपीभी खोप ट्रायल अर्थात् परीक्षणका लागि लगाइने भनाइमा कुनै पनि सत्यता छैन ।’
सरकारले देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिने बताउँदै आएको छ । यसअघि माघ २२ देखि फागुन ६ सम्म यो अभियानकै रूपमा सुरु भैसकेको छ । जुन खोप पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीपीएनबाट मोबाइल बैंकिङ एप नचल्ने, ‘इन्टरनेट बैंकिङ’ हट्यो
-
संसद्बाट स्वीकृत ५ अध्यादेश कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
-
‘नेपालसँग यस्तो सम्बन्ध राख्नुपर्छ, जसले चीनका लागि मैदान खाली नहोस्’
-
एमाले मोरङ मतगणना : अध्यक्ष ओलीको समर्थन पाएको प्यानल पछाडि
-
सहसचिवलाई उपसचिवको अन्डरमा राखेर काम गराउन पाइँदैन : डा.मिश्र
-
८ हजार १५५ जना सहकारी पीडितको १ अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रुपैयाँ बचत फिर्ता