च्याम्पियन्स ट्रफीलगत्तै आईसीसीको अर्को ठुलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान

काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेटको नवौँ संस्करणको समाप्तिसँगै पाकिस्तानले अर्को ठुलो क्रिकेट प्रतियोगिता आयोजनाको अधिकार पाएको छ । महिला विश्वकपको छनोट खेल आयोजना गर्ने अधिकारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पाकिस्तानले दिएको समाचारमा जनाइउको छ ।
आईसीसी महिला एकदिवसीय विश्वकप भने आगामी अक्टोबरमा भारतमा आयोजना हुँदैछ । महिला एकदिवसीय विश्वकपको १३ औँ संस्करणमा आठवटा टोलीको सहभागिता रहने छ । हालसम्म ६ वटा टोलीको टुंगो लागिसकेको छ ।
प्रतियोगितामा भारत आयोजक राष्ट्रका रुपमा सहभागी हुनेछ । सन् २०२२ देखि सन् २०२५ सम्म भएको आईसीसी महिला च्याम्पियनसिपबाट अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र न्युजिल्यान्डले पनि महिला विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।
बाँकी रहेको दुई टोलीको चयन भने निकट भविष्यमा हुने छनोट प्रतियोगिताबाट गरिने छ । सोही छनोट प्रतियोगिता आयोजनाको अधिकार पाकिस्तानले पाउने भएको हो ।छनोट प्रतियोगिता अप्रिल ४ देखि १९ तारिखसम्म हुने बताइएको छ ।
आईसीसी महिला क्रिकेट विश्वकप छनोट प्रतियोगितामा बंगलादेश, आयरल्यान्ड, पाकिस्तान, वेस्ट इन्डिज, स्कटल्यान्ड र थाइल्यान्ड गरी कुल ६ टोलीको सहभागिता रहने छ । स्कटल्यान्ड र थाइल्यान्ड आईसीसी महिला एकदिवसीय वरीयताका आधारमा छनोट प्रतियोगितामा सहभागी भएका हुन् ।
केही दिनभित्रै आईसीसीले यसको औपचारिक घोषणा गर्ने दाबी पनि समाचारमा गरिएको छ । यदि महिला विश्वकपमा पाकिस्तान छनोट भए विश्व क्रिकेटमा अर्को विवाद सुरु हुनेछ । भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तानमा च्याम्पियन्स ट्रफी खेल्न मानेको थिएन ।
त्यसैले पाकिस्तानले पनि आगामी तीन वर्षसम्म भारतीय भूमिमा आईसीसीको कुनै पनि प्रतियोगिता नखेल्ने अडान राखेको छ । आईसीसी पनि यसमा सहमत देखिएको छ । यस्तो अवस्थामा महिला विश्वकपमा पाकिस्तानको खेलका लागि ‘न्यूट्रल भेन्यू’ को व्यवस्था गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीपीएनबाट मोबाइल बैंकिङ एप नचल्ने, ‘इन्टरनेट बैंकिङ’ हट्यो
-
‘नेपालसँग यस्तो सम्बन्ध राख्नुपर्छ, जसले चीनका लागि मैदान खाली नहोस्’
-
एमाले मोरङ मतगणना : अध्यक्ष ओलीको समर्थन पाएको प्यानल पछाडि
-
सहसचिवलाई उपसचिवको अन्डरमा राखेर काम गराउन पाइँदैन : डा.मिश्र
-
८ हजार १५५ जना सहकारी पीडितको १ अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रुपैयाँ बचत फिर्ता
-
राष्ट्रियसभाबाट पनि पाँचवटै अध्यादेश स्वीकृत