डीएलए–पीपीएलए मिलेपछि विपक्षीको छुट्टै प्यानल,अध्यक्षमा श्रेष्ठ र महासचिवमा न्यौपानेको मनोनयन दर्ता

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि हुने निर्वाचनमा नेकपा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन (पीपीएलए) र डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) बिच गठबन्धन हुने भएपछि विपक्षीहरूले पनि छुट्टै प्यानल खडा गरेका छन् ।
डीएलए–पीपीएलएले आधिकारिक निर्णय गर्न बाँकी रहे पनि उक्त प्यानलबाट साझा उम्मेदवार विजय मिश्रलाई बनाउने सहमति भएको छ । डीएलए–पीपीएलए मिलेपछि विपक्षीहरूले पनि छुट्टै प्यानल खडा गरेका छन् ।
माओवादीनिकट आरपीएलएले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपानिकट कानुन व्यवसायीसँग मिलेर उक्त प्यानल बनाएको हो । यस प्यानलबाट आरपीएलएका रमन श्रेष्ठ अध्यक्ष र रास्वपानिकट यज्ञमणि न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।
आगामी चैत २३ गते हुने नेपाल बार एसोसिएसनको निर्वाचनका लागि आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको निर्वाचन कार्यतालिका रहेको छ ।