रुकुमका विमानस्थल सुरु गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले रुकुममा रहेका दुवै विमानस्थलबाट उडान हुन छाडेको भन्दै आवश्यक प्रक्रिया पुर्याएर उडान नियमित गर्न सरकारसँग आग्रह गरेका छन् ।
बिहीबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद रोकायले जिल्लाका दुवै विमानस्थलबाट उडान भर्ने व्यवस्था मिलाउन सांसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘जिल्लाका दुवै विमानस्थलबाट उडान हुन छाडेको छ । उडान नहुँदा जिल्लाका सर्वसाधारणले सास्ती खेप्नुपरेको छ त्यसैले मन्त्रालयले उडान सञ्चालन गर्न आवश्यक काम थालोस्’, रोकायको ध्यानाकर्षण छ ।
त्यस्तै अर्का सांसद पदमबहादुर परियारले यूएसएड र एमसिसी अन्तर्गतका सहायता बन्द हुँदा अपाङ्गता भएका व्यक्तिको सहयोगमा असर परेको भन्दै त्यसको विकल्प खोज्न सरकारलाई आग्रह गरे ।
सांसद घनश्याम रिजालले लामोसाघु जिरी सडक अन्तर्गत तामाकोशीमा पुल निर्माणमा भएको ढिलाइबारे सरकारको ध्यानाकर्षण गराए । उनले जीर्ण पुलका कारण दुर्घटना हुनसक्ने भन्दै लामो ससमयसम्म पुल निर्माणको जिम्मा पाएर पनि नबनाउने ठेकेदारलाई कारबाही गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी