५ सय करोड क्लबको नजिक पुग्यो विक्कीको ‘छावा’

नयाँ दिल्ली । बलिउड अभिनेता विक्की कौशलको फिल्म छावाले बक्स अफिसमा बलियो पकड जमाएको छ । रिलिज भएको २० दिन बितिसक्दा पनि फिल्मले राम्रो कमाइ गरिरहेको छ । फिल्मले अहिलेसम्म कयौँ रेकर्ड आफ्नो नाममा लेखाएको छ ।
गएको बुधवार फिल्मले भारतीय बक्स अफिसमा ६ करोड २४ लाख भारु कलेक्सन गरेको छ । फिल्म ५०० करोड क्लबबाट थोरै मात्रै पर छ । योसँगै फिल्मको कूल बक्स अफिस कलेक्सन ४७८ करोड १५ लाख भारुमा पुगेको छ ।
छत्रपति सम्भाजी महाराजको जीवनमा आधातिर फिल्मको क्रेज देखेर मेकरहरूले फिल्मको तेलुगु भर्जन पनि रिलिज गरेका छन् । छावामा विक्की कौशल मुख्य भूमिकामा छन् । यसबाहेक फिल्ममा रश्मिका मंदाना, आशुतोष राणा, दिव्या दत्ता डायना पेन्टी आदि पनि मुख्य भूमिकामा देखिएका छन् ।
अभिनेता अक्षय खन्नाले फिल्ममा खलपात्र औरंगजेबको भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा अक्षयको अभिनयको निकै तारिफ भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालसँग यस्तो सम्बन्ध राख्नुपर्छ, जसले चीनका लागि मैदान खाली नहोस्’
-
एमाले मोरङ मतगणना : अध्यक्ष ओलीको समर्थन पाएको प्यानल पछाडि
-
सहसचिवलाई उपसचिवको अन्डरमा राखेर काम गराउन पाइँदैन : डा.मिश्र
-
८ हजार १५५ जना सहकारी पीडितको १ अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रुपैयाँ बचत फिर्ता
-
राष्ट्रियसभाबाट पनि पाँचवटै अध्यादेश स्वीकृत
-
१८ दिनसम्म सर्किट लागेपछि यो कम्पनीका लगानीकर्ताले कमाए झन्डै १६ हजार